भारतको ७० औँ स्वतन्त्रता दिवसमा ओलीको शुभकामना
![भारतको ७० औँ स्वतन्त्रता दिवसमा ओलीको शुभकामना](https://annapurnapost.prixacdn.net/media/albums/Kp_Sharma_oli-57b0836c14f8e2.88264877_iKfyzkwCiK.jpg)
काठमाडौँः एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा सन्देश दिएका छन् ।
‘हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट म भारत सरकार र भारतीय जनतामा हार्दिक शुभकामना र बधाई व्यक्त गर्दछु । यस अवसरमा म नेपाल र भारतबीच शदियौंदेखि रहिआएको जनता—जनता र सरकार —सरकारबीचको सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दछु’ अध्यक्ष ओलीले जारी प्रेस विज्ञप्तिमा भनेका छन् ।
नेपाल र भारतका लोकतन्त्रले निर्देशित गरेको दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास ओलीले लिएका छन् ।
‘१५ अगस्त सन् १९४७ मा भारतले प्राप्त गरेको स्वतन्त्रता विश्वभरिका मुक्तिकामी जनताका लागि प्रेरणाको स्रोत रहेको छ । स्वतन्त्रता पश्चातको भारतीय लोकतान्त्रिक व्यबस्थाप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ’ प्रेस विज्ञप्तिमा अगाडी भनिएको छ । सोमबार भारतले ७० औँ स्वतन्त्र दिवस मनाउँदै छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)