प्रचण्डलाई चुनौती दिँदै दौरा सुरुवालमा माओवादी मन्त्री

प्रचण्डलाई चुनौती दिँदै दौरा  सुरुवालमा माओवादी मन्त्री

काठमाडौँ: सामान्यतया सार्वजनिक कार्यक्रममा माओवादी नेताहरु दौरा सुरुवालमा देखिदैनन्, सर्ट, पाइन्ट, भादगाउँले कालो टोपी औपचारिक कार्यक्रममा माओवादी नेताले लगाउने पोशाक हुन् ।  

तर, माओवादी केन्द्रीय कार्यालयका एक सदस्य सुरेन्द्र (राम) कार्कीले आइतबार सूचना तथा सञ्चार मन्त्रीको पद तथा गोपनियताको सपथ लिदा मौलिक नेपाली पोशाक दौरा सुरुवालमा प्रस्तुत भए । राष्ट्रपति निवास शितल निवासमा माओवादीका पाँच मन्त्रीले सपथ लिइरहदा भिन्न र फरक पोशाकमा रहेका कार्की प्रतिको आकर्षण घटेको थिएन, बरु बढेको थियो ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भारतका लागि राजदूत सिफारिस गरिएका कार्कीलाई नयाँ दिल्लीले राजदूतको रुपमा स्वीकार गर्न नचाहेको सन्देश स्वरुप एग्रिमो पठाएको थिएन । कार्कीसँगै चीनका लागि राजदूत सिफारिस गरिएका महेश मास्के आफनो कार्यकाल पूरा गरी फर्किइसकेका छन् ।

भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले कार्कीलाई भारत र मास्केलाई चीनका लागि राजदूत सिफारिस गरेको थियो । दाहालले आफू प्रधानमन्त्री हुँदा कार्कीलाई सूचना तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सुम्पेर सरकारको प्रवक्ता बनाउन लागेका छन् । ०६३ यता माओवादीका नेताहरु ६ पटक सरकारमा सहभागी भएपनि कार्की मन्त्री बन्ने अवसरबाट बन्चित हुँदै आएका थिए ।

माओवादी पहिलो पटक सरकारमा सहभागी हुँदा स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कार्कीलाई फ्रान्सका लागि राजदूत सिफारिस गरेको थियो । फ्रान्सले कार्कीलाई राजदूतको रुपमा स्वीकार गरी एग्रिमो पठाएपनि नेपाल सरकारका कर्मचारीहरुले एग्रिमो लुकाइदिएका कारण उनी राजदूत हुनबाट बन्चित भएका थिए ।

त्यतिबेला नेपालका लागि फ्रेन्च राजदूतावासले विज्ञप्ति जारी गरी आफूहरुले कार्कीका नाममा एग्रिमो पठाएको जानकारी गराएको थियो । समानुपातिक सभासद् कार्की व्यवस्थापिका संसदका बैठकमा सर्ट पाइन्टमा देखिन्थे । दौरा सुरुवाल लगाउनै नपाउने नियम माओवादीमा छैन तर प्रमुख नेताहरुले लगाएको पोशाकलाई पछयाउने उनीहरुको परम्परा नै हो ।

युद्धमा नेता तथा कार्यकर्ता एकै प्रकृतिका कम्ब्याक्ट पोशाक लगाएको अनुभव लिएर आएका माओवादीका नेताद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई ०६३ मा पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुँदा खरानी रंगको सर्ट पाइन्टमा प्रस्तुत भएका थिए ।

त्यतिवेला केहि समयसम्म माओवादीका नेता कार्यकर्ताले सोही पोशाकलाई मात्रै पछयाएनन् । नेताका बोल्ने शैलीलाई पनि कार्यकर्ताले पछयाउने गरेका थिए । सशस्त्र संघर्ष र सेना समायोजन हुनु अघिसम्म कम्ब्याक्ट पोशाकमा देखिने नन्दबहादुर पुन पासाङले पनि उपराष्ट्रपति पदमा सपथ लिएदेखि यता भएका हरेक औपचारिक कार्यक्रममा दौरासुरुवालको पोशाकलाई छोडेका छैनन् ।

रोल्पाका पुनमगरलाई दौरासुरुवाल सुहाएको पनि छ । पूर्वउपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीले पनि कुनै समारोहमा दौरासुरुवाल लगाएको देख्न पाइन्थ्यो । त्यसैगरी पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि दौरासुरुवाल लगाउने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.