मतदाता नामावलीमा फेरि विवाद

मतदाता नामावलीमा फेरि विवाद

काठमाडौः कांग्रेसको सबैभन्दा ठूलो भातृ संस्था नेपाल विद्यार्थी संघमा मतदाता नामावली प्रकाशित भएको केही घण्टामा फेरि विवाद भएर महाधिवेशन हुन कठिन हुने देखिएको छ ।

शनिबार राती निर्वाचन समितिले प्रकाशित गरेको ३ हजार ७ सय ६० मतदाता नामावली संघको विधानको परिधिभन्दा बाहिर गएको र यसअघि भएको सहमति विपरित भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले फर्जी नामावली प्रकाशित गरेको आरोप लगाएको छ ।

संघमा एउटा पक्षको मतदाता नामावलीमा देखिएको चर्को विवादे आईतबार कार्यसमिति निर्वाचनको लागि तोकिएको मनोनयन प्रक्रिया सोमबार विहानसम्मका लागि स्थगित गरिएको छ । पार्टीले गठन गरेको निर्देशक समितिका दुई सदस्य गोविन्द भट्राई र गुरु घिमिरेले सहमति विपरित मतदाता नामावली प्रकाशित गरेको भन्दै असहमति जनाएको छन् । आईतबार उनीहरुले सयुक्त विज्ञप्ति जारी गर्दै मतदाता नमावलीको छानविन गरी फर्जी प्रतिनिधि खारेज नगरेसम्म महाधिवेशन गर्न नहुने धारणा सार्वजनिक गरेका छन् ।

यता निर्देशक समितिकै अन्य संयोजक प्रकाशसरण महत र अन्य दुई सदस्यहरु प्रदीप पौडेल र किशोर राठोडले भने सहमति अनुसारै मतदाता नामावली सार्वजनिक भएको भन्दै महाधिवेशनका प्रक्रिया भोलीदेखि सुचारु हुने बताएका छन् । ‘शनिबार सहमति भएको विषय एक दिनपनि वित्न नपाउदै कसरी असहमति भयो हामीले बुझ्न सकेका छैनौ' निर्देशक समितिका संयोजक महतले अन्नपूर्णसँग भने, ‘सोमबारदेखि निर्वाचनको प्रक्रिया अघि बढ्छ ।'

पौडेल पक्षले निर्वाचन प्रक्रिया अघि बढ्न नदिने र सभापति शेरबहादुर देउवा पक्षले प्रक्रिया अघि बढाउने बताएपछि नेविसंघको ११ औ महाधिवेशन हुनमो फेरि आशंक बढेको हो ।

निर्देशक समितिका सदस्य गोविन्द भट्राईले भने थप गरिएका मतदाता नामावली एकै ठाउमा ठूलो संख्यामा दिएकाले समस्या आएको बताउदलै त्यसमा छानविन गरेर महाधिवेशन गराउनतर्फ लाग्नु पर्ने बताए ।

‘महाधविशनको विकल्प छैन तर एउटै क्षेत्रमा ब्लक मा थप्नेलाई रद्द गर्ने र पहिला सहमति भए अनुसारको सिलिङभित्र मतदाता संख्या राखेर अघि बढ्नु पर्छ' भट्राईले भने, ‘त्यसका लागि हामी लचकनै छौ ।'

नेविसंघको अधिवेशन हुनै नसक्नेगरी अघि बढेपछि आईतबार साँझ सभापति देउवाले नेता रामचन्द्र पौडेललाई फोन गरेर सहमति गरेर चुनाव गराउन सहयोग गर्न आग्रह गरेका छन् । स्रोतका अनुसार सोमबार मतदाता नामावली सच्चाउने गरी एक÷दुई दिन निर्वाचन प्रक्रिया पर सारेर भएपनि सहमति गराउने पक्षमा सभापति देउवा छन् ।

यसैगरी आईतबारै नेविसंघका सात जना आकाक्षीहरुले सयुक्त विज्ञप्ति जारी गर्दै फर्जी मतदाता नामावली छानविन नगरेसम्म महाधिवेशनमा सहभागि नहुने र आन्दोलनका कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन् । सभापतिका आकाक्षीहरु मनोजमणि आचार्य, दिपक भट्राई, आनन्द त्रिपाठी, निलकण्ड रिजाल, क्षितिज भण्डारी, पदमराज पन्त र विनिता अधिकारीले सयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विधान विपरित प्रकाशित गरिएको मतदाता नामावली उपर छानविन गर्न माग गरिएको छ ।

प्रहरीको दमनमा ४२ जना विद्यार्थी घाईते

फर्जी मतदाता नामावलीमाथि छानविनको माग गर्दै नेविसंघको महाधिवेशन स्थल कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको नाराजुलुशमा प्रहरीले लाठि चार्ज गर्दा ४२ जना घाईते भएका छन् । आन्दोलनको नेतृत्व गरेको नेविसंघका नेता दिपक भट्राईका अनुसार शान्तिपूर्ण रुपमा नारा जुलुश गरेका बेला एक्कासी प्रहरीले निर्मतापूर्ण रुपमा लाठि जार्च गरेर दर्जनौलाई घाईते बनाएको हो ।

‘शान्तिपूर्ण नारा जुलुशमा प्रहरीले हस्तक्षेप गरेर हाम्रा ४२ जना साथिहरु घाईत हुनु भएको छ, उहाँहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ' भट्राईले भने, ‘यो प्रहरीको दमनको हामी भत्सना गर्दै फर्जी मतदाता नामावलीको छानविन गरेर विधान अनुरा प्रक्रियाबाट अधिवेशन नगरे चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गछौं ।'

शनिबार राती सार्वजनिक गरेको मतदाता नामावलीमा एक हजारभन्दा बढि मतदाता फर्जी बनाएको भन्दै तत्काल त्यसलाई बदर गर्नै नेविसंघका नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको माग गरेका छन् ।

उनीहरुले फर्जी मतदाता बदर नगरेसम्म महाधिवेशन गर्न नदिनेभन्दै अहिले महाधिवेशन स्थल कांग्रेस केन्द्रीय कार्यालय घेराउ गर्दै नाराजुलुश गरेका छन् । नाराजुलुहमा ठूलो संख्यामा विद्यार्थीहरु उपस्थित छन् । ‘एक हजारभन्दा बढि फर्जी मतदाता बनाएर नेविसंघलाई कब्जा गर्ने तयारी गरिएको छ त्यसलाई हामी कुनै पनि हालतमा सफल हुन दिदैनौ' नेविसंघका भट्राईले भने, ‘मतदाता नामावली नसच्चाएसम्म हामी महाधिवेशनका कुनै पनि प्रक्रिया अघि बढ्न दिदैनौ ।'

निर्वाचन प्रक्रिया एक दिन स्थगित

पौडेल पक्षीय नेताहरुले विरोध गरेपछि निर्वाचन समितिले आईतबार सुरु हुने गरी तोकेको निर्वाचन कार्यक्रम एक दिनका लागि स्थगन गरेको छ । निर्वाचन समितिले सोमबार विहान ८ वजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.