रेडियोको भवन भत्काउने विषयमा पाँच घन्टा तनाव

रेडियोको भवन भत्काउने विषयमा पाँच घन्टा तनाव

धादिङः जिल्ला वन कार्यलय धादिङले धादिङबाट प्रशारण भइरहेको रेडियो धादिङको भवन भत्काउने प्रयास गरेपछि सदरमुकाममा आइतबार पाँच घन्टा तनाव भएको छ ।

पछिल्लो समय सामुदायिक वन अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने अभियान चलाएको जिल्ला वन कार्यलयले रेडियो धादिङले पनि सामुदायिक वन अतिक्रमण गरेर भवन बनाएको भन्दै भवन भत्काउन लागेको परेको हो । रेडियो धादिङले भने सामुदायिक वनको जग्गा भए पनि सबै कानुनी प्रक्रिया पूरा गरेर भवन बनाएको दाबी गरेको छ ।

सार्वजनिक सम्पत्तिको दुरुपयोग कसैले पनि गर्न नपाउने र दुरुपयोग गरेको पाइएमा स्थानीय प्रशासनले जुनसुकै बेलामा पनि भत्काउन पाउने भन्दै डोजर र सशस्त्र प्रहरीको डफ्फासहितको टोलीले भवन भत्काउने अधिकतम प्रयास गरे पनि स्थानीयको तीव्र विरोध भएपछि जिल्ला वन कार्यलयको टोली फर्किएको थियो । भवन भत्काउन जिल्ला वन कार्यलयको टोलीले प्रहरी नै परिचालन गरेपछि दिनभर जिल्ला सदरमुकाम तनावग्रस्त बन्यो ।

जिल्ला वनले भवन खाली गर्न यसअघि नै सात दिने म्याद जारी गरेको थियो । सात दिने म्याद सकिएकै दिन प्रहरीले प्रशारण भइरहेको स्टुडियोसहितको भवन भत्काउन प्रहरी परिचालन गरेपछि तनाव उत्पन्न भएको थियो ।

समुदायका स्थानीयको लगानीमा सञ्चालित भवन पनि समुदायकै सम्पत्ति भएकाले प्रहरीको हस्तक्षेपमा भत्काउन लागिएको भन्दै स्थानीयले विरोध जनाएपछि दोहोरो झडपको स्थिति सिर्जना भएको थियो । भवन भत्काउन प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा डोजरको सिसा फुटेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेडियो धादिङ सञ्चालक समिति सदस्य ठाकुर बुर्लाकोटी र युवा नेता हरि थापा रहेका छन् ।

आफूहरूले वन अतिक्रमण गरेको नभई वन उपभोक्ताकै सहमति र सबै कानुनी प्रक्रिया पूरा गरेर मात्रै रेडियोको भवन बनाएको रेडियो सञ्चालक समिति सदस्य नवराज छत्कुलीले बताए ।उनले भने, ‘सामुदायिक रेडियो पनि समुदायकै सम्पत्ति भएकोले वन उपभोक्ताको सहमति र कानुनी प्रक्रिया पूरा गरेपश्चात् मात्रै भवन बनाइएको हो, वन अतिक्रमण गरेको भन्ने आरोप निराधार छ । हामी कुनै पनि हालतमा रेडियोको भवन भत्काउन दिँदैनौं ।'

जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले भने नीलकण्ठ नगरपालिकाको वडा नं ८ मा रहेको अमरावती सामुदायिक वनको जग्गा अतिक्रमण भइरहेको भन्ने उजुरीका आधारमा आफूहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउन लागिपरेको बताएका छन् ।

अमरावती सामुदायिक बनभित्र अहिले गैरसरकारी संस्था सहयात्री समाजले हिंसामा परेका महिलालाई उद्धार गरेर राख्ने स्थल ‘सेफ हाउस' सञ्चालन गरिरहेको छ भने वन क्षेत्रकै स्थानीयले किरियापुत्री भवन, धार्मिक सम्पदा पनि निर्माण गरेका छन् ।

जिल्ला वन कार्यलयले यसअघि राजमार्गका सामुदायिक वन अतिक्रमण गरेर बनाइएका पक्की घर र भौतिक संरचना पनि डोजर लगाएर भत्काउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.