उसेन बोल्टले बनाए अर्को नयाँ कीर्तिमानी
रियो द जेनेरियो: तीब्र गतिका धाबक उसेन बोल्टले ओलम्पिकमा कीतिमानी बनाएका छन्। ब्राजिलको रियोे द जेनेरियोमा जारी ओलम्पिकमा एक सय मिटर दौडमा स्वर्ण जित्दै बोल्टले कीर्तिमानी बनाएका हुन्।
बोल्टले लगातार तीन ओलम्पिक संस्करणमा तीनवटा स्वर्ण जित्ने पहिलो खेलाडी बन्दै कीर्तिमानी बनाएका हुन्। बोल्टको ओलम्पिकमा यो सातौं स्वर्ण हो। सोमबार बिहान भएको सय मिटर दौडमा बोल्टले सवै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जिते। वेल्टले सय मिटर दौड ९ दशमलव ८१ सेकेन्डमा पुरा गरेका थिए।
अमेरिकाका जस्टिन ग्याटलिन दोस्रो हुँदै रजत पदकमा चित्त बुझाउनु पर्यो। ग्रिसको एथेन्समा भएको अोलम्पिकमा स्वर्ण जितेका ग्याटलिनले बेइजिङ ओलम्पिकबाट बोल्टको आगमनपछि स्वर्ण पदक हात पार्न असफल हुँदै आएका छन्।
ग्याटलिनले सय मिटर दौड ९ दशमलव ८९ सेकेन्डमा पुरा ग भने क्यानडाका आन्द्रे डे ग्रासेले ९ दशमलव ९१ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक हात पारे।