प्रधानमन्त्री प्रचण्ड र युएईका राजदूत साइदबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र युएईका राजदूत साइदबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हमदान मोहम्मल अल नक्वीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बिहान भएको भेटमा राजदूत नक्वीले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटमा नक्वीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री दाहालको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकास र साझेदारीका लागि संयुक्त अरब इमिरेट्सले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका थिए। 

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनर्निर्माण, सुशासन र आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका थिए।

उनले दुई देशबीच उच्चस्तरीय भेटबार्ता गरी आर्थिक समृद्धि र विकासका मुद्दाहरुमा साझेदारी हुने विश्वास व्यक्त गरेको दाहालको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.