प्रिमियर लिग फुटबलः पहिलो खेलमै हार्यो आर्सनल

प्रिमियर लिग फुटबलः पहिलो खेलमै हार्यो आर्सनल

लण्डनः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले खराब सुरुवात गरेको छ। आर्सनलले पहिलो खेल लिभरपुलसँग खेलेको थियो। जुन खेलमा लिभरपुलसँग ४–३ गोल अन्तरले पराजित भएपछि आर्सनलले प्रिमियर लिग फुटबलमा सुदख सुरुवात गर्न असफल भयो।

इमिरेट्स रंगशालामा गएराति भएको खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनकलका लागि खेलको ३१ औं मिनेटमा वाल्कोटले गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर, पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले गोल फर्कायो। लिभरपुलका लागि फिलिप काउटिन्होले बराबरी गोल फर्काए।

यस्तै खेलको ४९ औं मिनेटमा एडमले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। खेलको ५६ औं मिनेटमा काउटिन्होले दोस्रो गोल गरेपछि लिभरपुललाई ३–१ गोलको अग्रता लिन सफल भयो। यसैगरी खेलको ६३ औं मिनेटमा यो सिजममात्रै लिभरपुल आएका मानेले गोल गर्दै अग्रता फराकिलो बनाए।

तर, त्यसको एक मिनेटपछि नै खेलको ६४ औं मिनेटमा आर्सनलका लागि एलेक्स अक्सलेडले गोल गर्दै अग्रता ४–२ मा झारे।

आर्सनलका लागि ७५ औं मिनेटमा चेम्बर्सले गोल गर्दै खेल ४–३ को स्थितिमा पुर्याएपनि हार भने टार्न सकेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.