अमेरिकी राष्ट्रपति ओबामासँग कुराकानी गर्न पाइने
शक्तिशाली राष्ट्र अमेरिककाका राष्ट्रपति बाराक ओबामासँग अब सर्वसाधारणले पनि आफ्ना कुरा राख्न पाउने भएका छन् । अमेरिकी नागरिक मात्र नभई विभिन्न देशका नागरिकले पनि ओमाबालाई प्रश्न सोध्न पाउने व्यवस्था गरिएको वाइट हाउसस्थित राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति ओबामालाई फेसबुक म्यासेन्जरबाट म्यासेज पठाउन सकिने ह्वाइट हाउसले जनाएको छ । ओबामाले दैनिक १० वटा म्यासेज पढ्नेछन् ।
ओबामालाई म्यासेज पठाउन नयाँ केही गर्नुपर्दैन । अन्य साथीहरुलाई जस्तै ह्वाईट हाउसको फेसबुक पेजमा गएर म्यासेज बक्समा सोझै लेख्न सक्नुहुनेछ ।
ह्वाईट हाउसको फेसबुक पेजको म्यासेजमा क्लिक गर्नुहोस । जहाँ क्लिक गरेपछि ‘लेट्स गो’ भन्ने ‘अस्पसन’ आउँछ । त्यहाँ तपाईंले क्लिक गरेपछि फेरि तपाईंलाई राष्ट्रपति ओबामालाई के सोध्न चाहनुहुन्छ भन्ने म्यासेज आउनेछ । त्यसपछि ओबामालाई सोध्ने प्रश्न तपाईले टाइप गर्न सक्नुहुनेछ ।
तपाईं जस्तै धेरैले अमेरिकी राष्ट्रपतिलाई प्रश्न गर्ने भएकाले उनले प्रत्येक दिन १० म्यासेज पढ्नेछन् । तपाईंको म्यासेज ओबामाले पढेमा फेसबुकको म्यासेज बक्समा नोटिफिकेसन आउनेछ ।