प्रचण्डको म्यादी सरकारले उल्लेखनीय काम गर्न सक्दैनः भट्टराई

प्रचण्डको म्यादी सरकारले उल्लेखनीय काम गर्न सक्दैनः भट्टराई

दमौलीः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले जनताको हितमा प्रभावकारी काम गर्न नसक्ने वताएका छन्।

नेपाल मिडिया सोसाइटीले दमौलीमा सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले राजनीतिक स्थिरता कायम नहुँदासम्म नेतृत्वमा जोसुकै आएपनि फरक नपर्ने वताए। उनले मुलुकको विकासका लागि राजनीति स्थिरता आवश्यक रहेकोमा जोड दिए।


‘मैले प्रचण्ड जीलाई शुभकामना दिएको त छु,’उनले भने,‘तर म्याद तोकेर बनेको सरकारले केही उल्लेख्य काम गर्न सक्दा जस्तो मलाई लाग्दैन।’ उनले एकै पटक धेरै कुरा गरेर नहुने भन्दै विगतमा आफुले शुरु गरेको युवा स्वरोजगार कार्यक्रम अघि बढ्न सकेको भए धेरै युवा स्वरोजगार उत्पादन हुने बताए। उनले राष्ट्रिय गौरवका आयोजना समेत अघि बढ्न नसकेको भन्दै प्रत्येक क्षेत्रमा एक जलाशययुक्त विद्युत आयोजना बनाउनु जरुरी रहेको उल्लेख गरे।

वर्तमान सरकारलाई भारतपरस्त भनेर लगाइएको आरोपका विषयमा पूर्व प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै उनले भने,‘सत्तामा बसुन्जेल राम्रो हुने तर सरकारबाट बाहिरिएपछि विदेशीलाई गाली गर्ने प्रवृत्ति राम्रो होइन।’

नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नु पर्ने बताए। उनले भने,‘दुई छिमेकीसँग सन्तुलित सम्बन्ध भएमात्र नेपाल अघि बढ्न सक्छ। दुई देशबीचको पुलमात्र बने नेपालको प्रगति हुन्छ।’
डा. भट्टराईले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रसम्मका सबै दल पहिले गरेको संघर्षको ब्याज खाएर बसिरहेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.