सिन्धुलीका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम

सिन्धुलीका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम

सिन्धुलीः  सिन्धुलीका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम दिन सुरु गरिएको छ । पहिलो पटक एक सय आठ जनालाई सो तालिम दिन सुरु गरिएको हो । नेपाली सेना अन्तरगत राष्ट्रिय सेवा दल (एनसीसी) भद्रकाली काठमाण्डौंले भगवती उमावि, सिद्धस्थली उमावि र गौमती उमाविका विद्यार्थीबाट तालिम सुरु गरेको हो ।

प्रत्येक विद्यालयका ३६/३६ जना विद्यार्थीहरुलाई समावेश गरेर जिल्लाका तीनवटा विद्यालयका एक सय आठ जनालाई एनसीसी कोर्ष सिकाउन थालिएको प्रशिक्षक मीनकुमार श्रेष्ठले बताए । एनसीसीको छनौटमा परेका तीन विद्यालयका छात्रछात्राहरुलाई तालिम गराउन थालिएको श्रेष्ठले बताए ।

तालिममा सहभागि विद्यार्थीहरुलाई नेपाली सेनाको जस्तै ड्रेस उपलब्ध गराइएको छ । उनीहरुलाई एक सय दिनको कोर्ष गराउने श्रेष्ठले बताए । ‘विद्यालयमा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको बार्षिक क्याम्प सञ्चालन गरिन्छ,' श्रेष्ठले भने, ‘अहिले तीन विद्यालयका एक सय आठ जना विद्यार्थीलाई संस्थागत तहको ७९ दिनको कोर्ष गराइन्दै आएको छ ।'

प्राय विद्यालयमै संस्थागत ७९ दिनको तालिम गराउँने र २१ दिनको वार्षिक क्याम्प भने मोरङको याङसिला, नवलपरासीको हात्तिखोला र बाँकेको कोहलपुरामा गराउने गरिएको छ ।

एनसीसीले देशमा युव विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी युवा जनशक्तिलाई अनुशासित, तालिम प्राप्त, अभिप्रेरीत बनाई राष्ट्रिय एकता र वफादारीताको भावनामा बाँधि चौतर्फी ब्यक्तित्व विकासमा सहयोग पुर्‌याउने उद्देश्ष्यले विद्यार्थीहरुलाई यस्तो तालिम गराइरहेको श्रेष्ठको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.