उपचार नपाएर सुत्केरीको मृत्यु
जाजरकोटः समयमा स्वास्थ्य चौकी नलिदा नायकवाडा २ जिरीमा सुत्केरीको ज्यान गएको छ ।
शिशु जन्मिएको एक घन्टासम्म सालनाल नझरेपछि स्थानीय ३४ वर्षीया वसन्ता विकको बढी रगत बगेर ज्यान गएको हो । शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ ।
अशिक्षा र चेतनाको अभावले वर्षेनी यहाँका महिलाहरुले घरमै असुरक्षित रुपमा सुत्केरी गराउने गरेका छन् । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने बारे पर्याप्त ज्ञान नहुदा ग्रामीण भेकका महिलाहरुको स्वास्थ्य स्थिति जोखिममा रहेको छ ।
त्यहाँबाट स्वास्थ्य चौकी पुग्न कम्तीमा दुई घन्टा लाग्छ ।