कर्मचारीको उपचारमा आनाकानी गरेको आरोप

कर्मचारीको उपचारमा आनाकानी गरेको आरोप

चितवन : चितवन राष्ट्रिय निकुञ्जले हिरासतमा लिएका मेघौलीस्थित होटल मेघौली सेराईका नौ कर्मचारीमध्ये दुई बिरामी परे पनि निकुञ्ज कार्यालयले उनीहरूको उपचारमा आनाकानी गरेको आरोप पीडित पक्षले लगाएको छ।

मेघौलीस्थित होटल मेघौली सेराई नजिकैको जग्गामा एक साताअघि गैंडा मृत भेटिएपछि निकुञ्जले हिरासतमा लिएका होटलका नौ कर्मचारीमध्ये दुई बिरामी परेका छन् । दुई दिनदेखि रुघाखोकी र अन्य शारीरिक अस्वस्थताबाट पीडित होटलका महाप्रबन्धक सरहका तालिम प्रशिक्षक रितेश भट्ट र नेचर गाइड दिपु शर्माको उपचारमा निकुञ्ज प्रशासनले लापरबाही गरेको आरोप उनीहरूको छ।

भरतपुर अस्पतालले आइतबार रिफर गरेअनुसार थप उपचारको सुविधा नदिइएको दाबी पीडितहरूले गरेका छन् ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता नुरेन्द्र अर्यालले भट्ट र शर्मालाई आइतबार भरतपुर अस्पताल ल्याएर रगत जाँच गरी पुनः कसरास्थित हिरासतमै फर्काइएको बताए। ‘दुवैजनालाई सुरक्षाकर्मीसहित भरतपुर अस्पताल लगेर रगत जाँच गराएका छौं’, उनले भने, ‘रिपोर्ट सोमबार आउने भएकाले दुवैलाई हिरासतमा फर्काइएको हो । थप उपचार गर्नुपर्ने भए पुनः अस्पताल पठाउनेछौं ।’

होटलअगाडि गैंडा मरेपछि ती नौजनाविरुद्ध मुद्दा दर्ता गर्न चितवन जिल्ला अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको निकुञ्जले उल्लेख गरेको छ । 

मेघौली सेराई होटलमा गत हप्ता मृत भेटिएको १२ वर्षको वयस्क पोथी गैँडा करेण्ट लागेरै मरेको पुष्टि भएको छ। मृत गैँडाको पोष्टमार्टम रिपोर्टबाट करेण्ट लागेरै गैँडा मरेको पुष्टि भएको हो।‘मृत गैँडाको पोष्टमार्टम रिपोर्ट अनुसार गैँडाको मृत्यु करेण्ट लागेरै भएको भन्ने प्रष्ट भएको छ’चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता नुरेन्द्र अर्यालले भने, ‘सरकारी वकिलको कार्यालयको सुझाव अनुसार आवश्यक प्रमाण जुटाएर मुद्दा अगाडि बढाउँछौँ ।’

 

दोषी नभएको दाबी
भारतको होटल ताज समूहले व्यवस्थापन जिम्मेवारी लिएको चौधरी ग्रुपबाट सञ्चालित होटल मेघौली सेराईले कानुनी रक्षाका लागि कदम चालेको छ । सेराईका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता कल्याण पन्तले होटलका प्रबन्धक, प्रशिक्षक, नेचर गाइड, माहुते, इलेक्ट्रिसियनलगायत नौजनालाई गैंडा मारेको आरोपमा कसरा हिरासतमा राखिएको जानकारी दिए । ‘हामी प्रतिरक्षाका लागि अदालती प्रक्रिया अपनाउँछौं । मुद्दा अदालत पुगेपछि कसरी प्रतिरक्षा गर्ने भन्ने गृहकार्यमा छौं’, उनले भने, ‘दुर्घटनामा परेर गैंडाको मृत्यु भएको छ । सरकारी सम्पत्ति नष्ट हुँदा हामी पनि दुःखी छौं । एकदुईजनाको कमजोरीले घटना भयो होला, तर सबै दोषी छैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.