'कलेज साथीकै योजनामा भूषणको अपहरण र हत्या'

'कलेज साथीकै योजनामा भूषणको अपहरण र हत्या'

राजविराज : भारतको बेङ्गलोरमा अध्ययनरत एक नेपाली बिद्यार्थीको हत्या उनकै साथीले गरेको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।

बेङ्गलोरस्थित गौतम कलेजमा बी–फार्मेसी अध्ययनरत सप्तरीको फर्सेठ ४ झल्हीका २४ वर्षीय गहेन्द्र भुषण यादव ‘चन्दन’को हत्या उनकै साथी सप्तरीको मलेकपुर ३ वस्ने २५ वर्षीय नविन शर्माले गरेको मृतकका बुवा बिन्देश्वर प्रसाद यादवले आरोप लगाएका छन्। चन्दनको हत्या गर्ने प्रसङ्गको मोबाइल फोन वार्तालापको अडियो सुनाउँदै मृतकका बुवा बिन्देश्वरले हत्यामा संलग्न शर्मालाई कानूनबमोजिम कडा कारवाही गर्न सम्बन्धित प्रहरी प्रशासनसँग सोमबार एक विज्ञप्ति जारी गरी माग गरेका छन् ।

अन्तिम सेमेस्टरको बाँकी परीक्षा दिन बेङ्गलोर हिंडेका चन्दनका साथै गएका बेङ्गलोरकै आचार्य कलेजमा अध्ययनरत शर्माले योजनामुताबिक हत्या गराएको यादवले बताए । भारतीय आपराधिक समूहका गुण्डाहरुबाट अपहरण गर्न लगाई शर्माले हत्या गराएको यादवको दावी छ ।

राजविराजबाट उच्च मावि उत्र्तिण गरी उच्च शिक्षाका लागि चन्दन भारतको बेङ्गलोरस्थित गौतम कलेज अफ फार्मेसीमा बि फर्मामा अध्ययनरत थिए । अन्तिम सेमेस्टरको बाँकी परीक्षा दिन गइरहेका चन्दनसंगै शर्मा पनि गएका थिए । राजविराजबाट कुनौली रोड हँुदै भारततर्फ जान लाग्दा सिमाक्षेत्रको गाविस तिलाठीमा शर्माले लुकिछिपी वस्न लगाएका भारतिय अपराधीहरुले घेरा हाली चन्दनलाई नियन्त्रणमा लिई भारत लगेर हत्या गरेको उनले बताए ।

सम्पर्कका लागि वारम्वार मोबाइलमा गरेको प्रयास असफल भएपछि परिवारका सदस्यहरु चन्दनलाई भेंटन बैङ्गलोर गएका थिए । मृतकका बुवा यादवका अनुसार चन्दनलाई कोठामा नदेखेपछि कलेज प्रशासनसँग जानकारी लिंदा उनका साथी शर्माले झगडाको निहुँमा चन्दनलाई स्थानिय भारतीय गुण्डाहरु लगाई हत्या गर्न लगाएको जानकारी दिए ।

यादवको शव बेङ्गलोरदेखि सातसय किलोमिटरको दुरीमा आन्ध्र प्रदेशको चिराला भन्ने ठाउँमा रहेको रेलवे स्टेशन भन्दा करिव १० किलोमिटर टाढाको रेलवे पटरीको पुल मुनी हत्या गरिएको अवस्थामा गत साउन ७ गते फेला परेको थियो ।

चन्दनको साउन ४ गते शर्मासँग झगडा भएकोमा साउन ६ गते हत्या भएको मृतकका बुवा बिन्देश्वरले बताए । यादवको शव फेला परेको बारे सप्तरीको महदेवा–६ घर भएका बेङ्गलोरस्थित आचार्य इन्स्ट्च्यिुट अफ हेल्थ कलेजमा रेडियोग्राफी अध्ययनरत विद्यार्थी सचिन मण्डलले जानकारी दिएका थिए । मृतकका मुख, आँखा तथा शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

मृतकको मोबाइलमा फोन गरेका मण्डललाई प्रहरीले रिसिभ गरी घटनाबारे जानकारी दिएपछि सचिनले यसबारे नेपालमा खबर गरेका थिए । कुहिईएको अवस्थामा फेला परेको शवको सोही ठाउँमा अन्तिम संस्कार गरिएको थियो ।बेङ्गलोरमा करिब दुई हजार पाँच सय नेपाली छात्रछात्रा अध्ययनरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.