काभ्रेको खहरेमा बस दुर्घटना, २७ को ज्यान गयो, ४० घाइते (अपडेट)

काभ्रेको खहरेमा बस दुर्घटना, २७ को ज्यान गयो, ४० घाइते  (अपडेट)

काभ्रेः काभ्रेको बिर्तादेउराली–९, खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या २७ पुगेको छ। दुर्घटनामा ४० जना भन्दा बढी यात्रु घाइते भएका छन्। काठमाडाैंबा६ काभ्रेको मादनकुँडारीका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको डिएपी नवीन राईले अन्नपूर्ण पोस्टलाई जानकारी दिए। बाँकीको उपचारका लागि लैजाने क्रममा तथा अस्पतालमा मृत्यु भएको हो। 

घाइतेहरुको उद्धारको काम चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने डिएसपी राईले बताए। घाइतेहरुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खटिएको राईले बताए। 

insert- kavre

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेले पाँचवटा एम्बुलेन्स घटनास्थलमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। घाइतेहरुलार्इ उपचारका लागि काठमाडाैं पठाउने तयारी भइरहेको छ। 

साघुँरो र कच्ची सडक भएको तथा क्षमता भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे जानकारी पाउना साथ काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख राजेन्द्रनाथ बास्तोला लगायतको टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ।

दुर्घटनास्थल काभ्रे सदरमुकामबाट झन्डै ५० किलोमिटर दूरीमा पर्दछ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.