बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौंः  काभ्रेको बिर्तादेउराली–९ खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उद्धारका लागि काठमाडौंबाट पठाइएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए।

प्रवक्ता कोइरालाले बस दुर्घटनामा घाइते भएका ३५ भन्दा बढी यात्रुलाई काठमाडौं ल्याएर उपचारका लागि वीर अस्पताल र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको बताए। घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको एमआई १७ हेलिकोप्टर घटनास्थल पठाइएको थियो।

कोइरालाका अनुसार बस दुर्घटनामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको र ३५ जना भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रवक्ता कोइरालाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.