रसुवामा खोलाले बगाउँदा एकै घरका दुईको मृत्यु
रसुवा: रसुवामा खोलाले बगाउँदा एकै घरका दुर्इजनाको मृत्यु भएको छ।
रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भई बग्ने अँधेरीखोलाले बगाउँदा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र ४१ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठइन्द्र प्रसाईंले जानकारी दिए। उनीहरु श्रीमान् श्रीमती भएको बताइएको छ।
दुवैजना आफन्तकहाँबाट घर फर्कंदै गर्दा वर्षाका कारण ठाडोखोलामा भल आई बगाइलगेको अनुमान गरिएको छ। स्थानीय बासिन्दाको सहयोगमा निकालिएको शव परीक्षणका लागि नुवाकोटको त्रिशूली अस्पतालमा पठाइएको प्रहरी प्रमुख प्रसाईंले जानकारी दिए।