सर्पको टोकाईबाट गर्भवती महिलाको मृत्यु
बर्दियाः सर्पको टोकाईबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–१४ की २८ वर्षीया वासमती चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको हो।
जिल्ला अस्पताल बर्दियामा सुसारेको रुपमा काम गर्दै आएकी चौधरी अस्पतालकै क्वाटरमा सुत्ने क्रममा सर्पले टोकेको थियो। नन्द भाउजुसँगै सुतेका वेला झुलभित्र रहेको सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ।
गर्भवती चौधरीलाई विषालु करेत सर्पले टोकेको जिल्ला अस्पताल बर्दियाका डाक्टर अर्जुन भट्टले वताए। गर्मी वढेसँगै सर्पदंशका विरामी वढेको उनले वताए।