नेदरल्याण्ड्समाथि नेपालको जित

नेदरल्याण्ड्समाथि नेपालको जित

काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि १९ रनको जित दर्ता गरेको छ। योसँगै नेपाल जारी प्रतियोगितामा नेदरल्याण्डलाई हराउने पहिलो टोलीसमेत बन्यो।

नेपालले दिएको २१८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स ४८ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १९८ रनमा समेटियो। 

टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २१७ रनको बनाएको थियो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रनको योगदान दिए। ९४ बलको सामना गरेका पारसले ७ चौका र एक छक्का प्रहार गरे।

सागर पुनले ४५ रन जोड भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए। यसैगरी विनोद भण्डारीले १७, सरद भेष्वाकर ६, वसन्त रेग्मी र अनिल मण्डलले समान ४–४ र सोमपाल कामीले २ रन जोडे। राजु रिजाल भने खातानै नखोली पेभिलियन फर्केका थिए।

नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए भने शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले समान १–१ विकेट लिएका थिए।

यसअघि शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। नेपालसँग दोस्रो खेलमा हारेपनि नेदरल्याण्ड्स १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ। हंङकङ र स्कटल्याण्ड समान ९–९ अंकसाथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल भने ६ अंकका साथ तालिकाको छेठौ स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.