माइलीको घरमा जुवा खेल्ने १६ जना १० लाखसहित समातिए
भक्तपुर : महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब निरीक्षक विश्व श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज जुवाखालबाट दुई महिलासहित १६ जनालाई पक्राउ गरेको छ ।
गए राति सूर्यविनायक नगरपालिका–५ पान्डुबजारकी माइली तामाङका घरमा जुवातास खेलाइरहेको जानकारी पाएलगत्तै गएको प्रहरी टोलीले जुवाडे र रु १० लाख ५८ हजार २६० नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीले जनाएको छ ।
पक्राउ परेकालाई आज जुवा ऐनअन्तर्गतको कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।