‘भुक्तानी पाए काम छिटो’

‘भुक्तानी पाए काम छिटो’

काठमाडौंः चाइना गेजुवा ग्रुप कम्पनी (सीजीजीसी) ले चमेलियाको सुरुङ साँघुरिने प्रक्रियाको समुचित उपचार खोज्न र त्यसमा लागेको निर्माण सामग्री र जनशक्तिको पारि श्रमिक भुक्तानी विषय अड्कन गएकाले आयोजना सम्पन्न हुन समय लागेको जनाएको छ । २०६३ साल फागुन ३० गतेदेखि निर्माण सुरु गरेको ३० मेगावाटको चमेलियाको साँघुरिएको सुरुङका लागि थप भुक्तानी प्राप्त हुनासाथ विवाद सुल्झिने र निर्माण छिटो सम्पन्न हुने जनाएको छ ।

सीजीजीसीको नेपालस्थित कार्यालयले सोमबार विज्ञप्ति जारी गरी नेपाल सरकार र नेपालको निजी क्षेत्रको विश्वास प्राप्त गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा चमेलियाको सिभिल निर्माणको जिम्मेवारी पाएको र हाल ९६ प्रतिशत कार्य पूरा भइसकेको जानकारी दिएको छ ।

संसद्को सार्वजनिक लेखा समितिले साँघुरिएको सुरुङ मर्मत गर्ने क्रममा २८ करोड रुपैयाँ भ्रष्टाचार हुन लागेको भन्दै दुई वर्षदेखि यसको निर्माण कार्यमा २०७१ मंसिरदेखि रोक लगाएको हो । समितिको तत्कालीन सभापति जनार्दन शर्माले भ्रष्टाचार भएकाले भन्दै छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएपछि बाँकी चार प्रतिशत कार्य पूरा हुन नपाएको हो । तत्कालीन सभापति शर्मा आइतबार ऊर्जा मन्त्रीमा नियुक्त भएका छन् ।

लेखा समितिले २०७१ असारमा विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेको अन्तरिम लागत अनुमान (एक अर्ब नौ करोड रुपैयाँ) भुक्तानी नगर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि समितिले समितिका सदस्य राजेन्द्र केसीको संयोजकत्वमा उपसमिति बनाई अध्ययन गराएको थियो । उपसमितिले कुल ८२ करोड ९३ लाख रुपैयाँ लाग्नुपर्नेमा प्राधिकरण सञ्चालक समितिले एक अर्ब नौ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेको उल्लेख गर्दै यसलाई ‘भ्रष्टाचार भएको' ठहर गरेको हो ।

आयोजनाको खनिसकेको कुल ४.६७ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर खण्ड खुम्चिन थालेपछि सञ्चालक समितिले भेरियसन अर्डर (थप नयाँ काम) मार्फत ठेकेदार सीजीजीसीलाई काम गर्ने अनुमति दिएको थियो ।

समितिले उक्त निर्देशन नदिएको भए एक वर्षअघि चमेलिया आयोजना पूरा हुने थियो । चमेलियाले वार्षिक रूपमा १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्न सक्छ । यसअनुसार एक वर्षको अवधिमा उसलाई बिजुली उत्पादन गर्न नपाएर मात्रै एक अर्ब ५२ करोड रुपैयाँ नोक्सान परिसकेको छ । प्राधिकरणको औसत विद्युत् बिक्री मल्य प्रतियुनिट ८ रुपैयाँ ३० पैसा छ ।

सीजीजीसीले ठेक्का लिएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए निर्माण कार्य छिट्टै सञ्चालन हुने जनाएको छ । गत वर्षको वैशाख १२ गतेको भूकम्प र २९ गतेको पराकम्पका कारण आयोजनाको पहुँच मार्गमा गम्भीर क्षति पुर्‍याएकोले काम हुन सकेको छैन । ‘चीन सरकारको सहुलियतप्राप्त कर्जामा निर्माणाधीन यस आयोजनाको भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माणका विषयमा दुवै देशका जिम्मेवार निकायबीचमा सहमति भइसकेकोले अब छिट्टै निर्माण कार्य सुचारु हुनेछ', विज्ञप्तिमा छ ।

नुवाकोट र रसुवामा पर्ने माथिल्लो त्रिशूली थ्री ए को निर्माण कार्य ६ वर्षअघि सुरु भएको हो । यसको तत्कालीन अनुमानित लागत १२ करोड ५७ लाख अमेरिकी डलर थियो । सीजीजीसीले हालै नेपाल सरकार र नेपाली नागरिकको विकासको आशा बनेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणमा आफ्नो इच्छा प्रकट गरेको जनाएको छ ।

‘आफूमा रहेको प्राविधिक र आर्थिक क्षमताका आधारमा चीन र अन्यमुलुकमा पूर्वाधार निर्माण गरी नेपालको आर्थिक विकास र समृद्धिमा सहयोगी हुने हाम्रो चाहनालाई मूर्त रुप दिन सरकार र हरेक नेपालीको सहयोग-सद्भभाव प्राप्त हुनेमा सीजीजीसी विश्वस्त छ,' विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.