सिन्डिकेटले निम्त्यायो वीभत्स दुर्घटना

सिन्डिकेटले निम्त्यायो वीभत्स दुर्घटना

काठमाडौंः काभ्रेमा भएको बस दुर्घटनाको मुख्य कारण सिन्डिकेट भएको भन्दै घाइतेका आफन्तले खारेजीको माग गरेका छन् ।

घाइतेको उपचार भइरहेको शिक्षण अस्पताल महाराजगन्ज पुगेका गृहमन्त्री विमलेन्द्र निधिसमक्ष अस्पतालमा जम्मा भएका आफन्तले तत्काल सिन्डिकेट खारेज गर्न माग गरेका हुन् । उनीहरूले त्यस क्षेत्रमा अरनिको यातायातको एकाधिकार रहेकाले समस्या आएको बताएका थिए । ‘अरू कसैलाई बस चलाउन दिइँदैन ।

एउटै बसमा ९० जना यात्रु राखेर चलाउँदा पनि कसैले केही भन्दैन', अस्पताल परिसरमा नारा लगाउँदै गरेका राजन तामाङले भने, ‘सिन्डिकेट खारेज नगर्ने हो भने यस्तो दुर्घटना बारम्बार दोहोरिन्छ ।' सीमित बस मात्रै यो रुटमा चल्ने र अन्यलाई चल्नै नदिने गरेका कारण सर्वसाधारणको पनि विकल्प नभएको उनीहरूको भनाइ थियो ।

आफन्तको उपचारका लागि अस्पताल पुगेका सर्वसाधारणले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । घाइतेका अर्का आफन्त सुवास गुरागाईंले सिन्डिकेटकै कारण यसरी त्यस क्षेत्रमा दुर्घटना भएको यो चौथो घटना भएको दाबी गरे ।

उनीहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाई यातायात क्षेत्र सुधारको अभियान थाल्न माग गरेका छन् । ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालवरपर घाइतेका आफन्त तथा सर्वसाधारणको भीड लागेको थियो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रे र बैतडीको बस दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी उपचार गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.