ब्राजिलमा जर्मनी टिमका प्रशिक्षक स्टेफनको मृत्यु

ब्राजिलमा जर्मनी टिमका प्रशिक्षक स्टेफनको मृत्यु

रियो दी जेनेरियोः जर्मनीका केनोइङ टिमका प्रशिक्षक स्टेफन हान्जको कार दुर्घटनामा परी मृत्यु भएको छ।

रियो ओलम्पिक २०१६ मा जर्मनीबाट केनोइङ टोलीको नेतृत्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन ब्राजिल आएका प्रशिक्षक स्टेफन गत शुक्रवार रियो ओलम्पिक पार्कमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते स्टेफनको उपचारका क्रममा सोमबार मृत्यु भएको जर्मन ओलम्पिक कमिटीले पुष्टि गरेको विविसीले जनाएको छ। ३५ वर्षीय स्टेफेन सन् २००४  मा ग्रिसको एथेन्समा भएको रियो ओलम्पिकका रजत पदक विजेतासमेत हुन्।

जर्मनीको ओलम्पिक कमिटीका अध्यक्षन अल्फोन्स होर्मानले भनेका छन्,‘हामीले हाम्रो साथीलाई स्टेफनलाई गुमाउनुको पीडो शब्दमा बयान गर्न सक्दैनौं। यो किनै दुखद घटना हो।’

स्टेफनसँगै दुर्घटनामा परि घाइते भएर अस्पताल भर्ना भएका प्रशिक्षण टोलीका सदस्य क्रिष्टियन केडिङलाई भने अस्पतालले डिस्चार्ज गरेको छ।

यसैवीच जर्मनीको ओलम्पिक कमिटीले प्रशिक्षक स्टेफनको निधनप्रति दुख व्यक्त गर्दै मंगलबार ओलम्पिक भिलेजमा मौन धारण गर्नुका साथै सबै खेल मैदानमा राष्ट्रिय झन्डा झुकाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.