जर्मनीका स्ट्राइकर पोडोलस्कीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जर्मनीः जर्मनीका स्ट्राइकर लुकास पोडोलस्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३१ वर्षीय स्ट्राइकर पोडोलस्कीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।
पोडोलस्कीले जर्मनीको राष्ट्रिय फुटबल टोलीबाट खेलेका १ सय २९ खेलमा ४८ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी सन् २०१४ को विश्वकप जित्दा जर्मनीको राष्ट्रिय टोलीका सदस्य थिए।
फ्रान्समा भएको युरोकप २०१६ मा स्लोभाकियालाई जर्मनीले ३–० सन्यू गोल अन्तरले पराजित गर्दा उनी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको खेल नै टोलीका लागि अन्तिम बन्यो।
जर्मन क्लब वार्यन म्युनिख तथा आर्सनलका पूर्व खेलाडीसमेत रहेका पोडोलस्की हाल गालाटासारेबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।
पोडोलस्कीले सन् २००४ को जुनमा हंगेरीविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।