करेन्ट लागेर बुटवलमा दुई बालकको मृत्यु
बुटवलः विद्युतको हाइटेन्सन लाइनको तार चुडिएर खस्दा दुई बालकको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका १२ को कालिकानगर अभियानपथमा हाइटेन्सन तारले लागेर गोपाल क्षेत्रीका छोराहरु १० बर्षीय रोहित क्षेत्री र ६ वर्षीय रोहन क्षेत्रीको मृत्यु भएको हो ।
करेन्ट लागेर दुई बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २०को एउटै घरका माइलो र साइलो दाजुभाइ साइकलमा तिलोत्तमा नगरपालिकाबाट बुटवलतर्फ आउदै गर्दा हाइटेन्स तारले लागेको प्रहरीले जनाएको छ ।