नवलपरासीको बर्दघाटमा जिप दुर्घटना, ४ जनाको मृत्यु

 नवलपरासीको बर्दघाटमा जिप दुर्घटना, ४ जनाको मृत्यु

बर्दघाटः नवलपरासीको बर्दघाट–४, मा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–४ मा मंगलबार दिउँसो ब्रेक फेल भएर ना १ ज १३१७ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

मृत्यु हुनेमा नवलपरासी सुक्रौली–८ का २८ वर्षीय जिप चालक सुधाकर पाण्डे र भारत धर्मपुरका सिन्टु साहनी रहेको प्रहरीले जनाएको छ। मृतक चारजना मध्ये दुईजना महिलाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सात जनाको अवस्था खतरामुक्त रहेको र उनीहरुको दाउन्नेदेबी पोलिक्लिनिकमा उपचार भइरहेको छ। मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.