स्वास्थ्य बिग्रिएपछि अनशनरत गंगामायालाई आइसीयुमा राखियो

स्वास्थ्य बिग्रिएपछि अनशनरत गंगामायालाई आइसीयुमा राखियो

काठमाडौंः स्वास्थ्यस्थिति बिग्रिदैं गएपछि अनशनरमा बसिरहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई आइसीयुमा राखिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै अनशनमा बस्ने घोषणा गरेकी गंगामायाले गत बिहीबारदेखि अनशन सुरु गरेकी थिइन्।

स्लाइन र औषधि समेत नलिएर आमरण अनशन सुरु गरेकी गंगामायाको मंगलबार स्वास्थ्य बिग्रिएपछि उनलाई वीर अस्पतालको आइसीयुमा सारिएको मानवअधिकारकर्मी इन्द्र अर्यालले जानकारी दिए।

आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै गंगामायाले प्रचण्ड प्रधानमन्त्री भएलगत्तै आमरण अनशन सुरु गरेकी हुन्। २०६१ सालमा तत्कालीन माओवादीले गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको र हत्यारामाथि कारबाही नभएको भन्दै गंगामायाले अनशनलाई निरन्तरता दिएकी हुन्।

यसअघि छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई सरकारले उन्मुक्ति दिएको भन्दै आमरण अनशनमा बसेका गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको अनशनमै बसेका बेला दुई वर्ष अघि निधन भएको थियो।

गंगामायाको स्वास्थ्य विग्रिएको भन्दै मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गंगामाया बचाअांैं’ अभियानसमेत सुरु गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.