विश्व च्याम्पियनलाई नाटकीय रुपमा हराउँदै मिलरले जितिन् स्वर्ण पदक

विश्व च्याम्पियनलाई नाटकीय रुपमा हराउँदै मिलरले जितिन् स्वर्ण पदक

रियो दी जेनेरियोः  बहमासकी साउने मिलरले नाटकीय रुपमा स्वर्ण पदक जितेकी छिन्।

ब्राजिलको रियो दी जेनेरियोमा जारी ओलम्पिक्स अन्तर्गत ४०० मिटर महिला दौडमा बहमासकी मिलरले विश्व च्याम्पियन अमेरिकाकी एलिसन फ्लेक्सलाई पछि पार्दै नाटकीयरुपमा स्वर्ण पदक हात पारेकी हुन्। फ्लेक्स गत वर्ष भएको ४०० मिटर दौडकी विश्व च्याम्पियन हुन्। 

नाटकीयरुपमा मिलरले स्वर्ण पदक हात पारेपछि ओलम्पिकमा पाँचौ स्वर्ण जित्ने एलिसनको सपना चकनाचुर भयो। गएराति भएको खेलमा फ्केक्सलाई पछि पार्दै स्वर्ण पदक हात पार्ने क्रममा बहमासकी मिलरले ४०० मिटरको दौड ४९ दशमलब ४४ सेकेन्डमा पूरा गरिन्।

रजत पदकमा चित्त बुझाएकी अमेरिकाकी फ्लेक्सले ४९ दशमलव ५१ सेकेन्डमा दूरी पूरा गरिन्। कास्य पदक जितेकी जमैकाकी सेरिका ज्याक्सनले ४९ दशमलव ८५ सेकेन्डमा दूरी पार गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.