सडक दुर्घटनाले गाउँ नै रित्तियो...

सडक दुर्घटनाले गाउँ नै रित्तियो...

बनेपाः सोमबार काभ्रेको  बिर्तादेउरालीस्थित खहरेखोलामा  भएको बस दुर्घटनाले कोशीपारी क्षेत्रका गाउँ शोकमग्न छन् । दुर्घटनामा २७ जनाले ज्यान गुमाउँदा ४० भन्दा बढी घाइते भएका छन् । यो कहालिलाग्दो दुर्घटनाले थुप्रै गाउँ रित्तिएका छन् ।

भूकम्पबाट जोगिएर भत्किएको घरलाई पुर्न नयाँ बनाउने अभिलासासहित सोमबार अनुदान रकमका लागि गाविस र जिल्लामा सम्झौता गरेर घर फर्कदै गरेका कार्तिकेदेउराली र मदानकुडारी गाविसका अधिकांश गाउँ अहिले शोकमा डुबेका छन् ।

एउटै गाविसका ७  जनाको एकै चिहान भएपछि पुरै गाउँनै शोकमा डुवेको  कार्तिके देउराली ७ का  पदम प्रशाद गौतमले बताए ‘मेरो परिवारमा मात्र दुई जनाको मृत्यु भयो, पुरै गाउँमा सात जनाको मृत्यु भयो,’ उनले भने, ‘भाइ दीपक  र काका गोविन्दल  गौतमको र अन्य सात जनाको  मृत्युले परिवार मात्र होइन गाउँनै रुवाएको छ ।’

गौतमले गहबाट आँसु झार्दै भने ‘परिवारमा रुवाबासी छ । भाइ केदारको अस्पतालमा उपचार भइरहेको छ । म लास बुझन डौढधुप गर्दैछु, बुहारीको साना साना छोराछोरी र अपाङ्ग छोरा र ७० वर्षै आमाको आँसु अझै रोकिएको छैन ।’

त्यस्तै, गोठपानी  २ का यज्ञबाहादुर विक  दाइको मृत्युले परिवारमा शोकाकुल बनाउनु साथै  पुरै गाउँनै शोकमा रहेको बताए । ‘परिवार पाल्ने र घरव्यवहार गर्ने दाइ रमेशलेनै गथ्यो अहिले ३ वर्षे छोरा र आमाबुबा र श्रीमतीको आँसु दुई दिन अघिदेखि रोकिएको छैन  दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुनेमा  कार्तिके देउराली  गाविसका ७, मादनकुडारीका ८ गोठपानी गाविसका २ र रामेछाप जिल्लाका  २ जना रहेका छन् ।

बस दुर्घटनामा प्रहरीको पनि दोष
एक दिन अधि कतारबाट घर फर्किएका रामेछाप गुन्सेभदाउरे–७ का २१ बर्षीय ददीराम चौलागाई मृत्युलाई चुनौती दिएर आफू र परिवार बाचेको बताउँछन् । सोमबार बिहान काठमाडाँैबाट गाउँ जान २० बर्षीया श्रीमती शान्ता र दुई वर्षे छोरी कृतिका सँगै बस चढेका उनि गन्तव्य तिर अधि बढ्दै थिए ।

बाटोमा आफूलाई केही असहज पनि महसुस भएको उनले सुनाए । १० बजेतिर  धुलिखेल स्थित चेक पोइन्टमा प्रहरीले ओभरलोड ल्याएको भन्दै एक हजार रुपैयाँको चीट काटेको बताए । ओभर लोड भएको भन्दै प्रहरीले कारबाही गर्नुका साटो  एक हजार रुपैयाँको चीट काटेर पठायो  ।   उनले स्मरण गर्दै भने पाँचखाल र दोलालघाटमा बसको स्टार्ट बन्द भएर यात्रुले ठेलेपछि बस गन्तव्य तर्फ अघिबढेको थियो ।

छोरीको मुखमा रगत देखेपछि बेहोस् भएँ
अत्याधिक यात्रु र धेरै समान भएका कारण दोलालघाट पुगेपछि अत्याधिक गर्मी भएकाले  श्रीमती र छोरीलाई  लास्ट सिटमा राखेर आफू छतमा गए।  उनले भने ‘केही घण्टामै बिर्तादेउराली ९ स्थित खहरेखोलाको उकालोमा पुगेपछि  एक्कासी बस रोकियो र पछि हट्न थाल्यो ओट हाल ओट हाल भन्दै थिए बस खसिहाल्यो ।’

उनले भाव विह्वल हुँदै भने, ‘आफूभन्दा बच्चा र श्रीमतीको चिन्ताले सतायो । म दुई बल्ड्याङ् खाएपछि  पाखामा पछारिएँ, श्रीमती र बच्चालाई खोजे, श्रीमती झाडीमा अड्किएको अवस्थामा र छोरी खोला नजिक घाइते अवस्थामा रोइरहेको र मुखबाट रगत आइरहेको  देखेपछि म बेहोस भएँ  ।

दुर्घटनाको दुखदायी पल सम्झदै भने ‘पछि होस्मा आउदा श्रीमती र छोरी बाचेको खबरले म अत्यन्त हर्षित भएँ ।’ उनले थपे, ‘घटनको अवस्था देख्दा म आत्तिएको थिएँ । भिरभरी छरिएका शव र घाइतेको अवस्था दयनीय थियो,’ श्रीमती शान्ताले भनिन् । उपचारमा संलग्न चिकित्सकले घाइते परिवारको अवस्था खतरा मुक्त रहेको बताएका छन् ।

मृतक २७ जना
मादनकुँडारी–८ की ८ बर्षीया एलिशा तामाङ,  कार्तिकेदेउरालीकी ३० बर्षीया कुनमाया परियार, कार्तिकेदेउराली ७की ३० बर्षीया सीता बर्देवा, कार्तिकेदेउराली –१ का ३० बर्षीय उमेश सापकोट, कार्तिकेदेउराली ३का २८ बर्षीय बिष्णु बास्कोटा, मादनकुँडारी ९की ३५ बर्षीय सञ्जा तामाङ,
कार्तिकेदेउराली ७ का ४७ बर्षीय कृष्ण दमा, मादनकुँडारी–१ की २६ बर्षीया सुनमाया तामाङ, मादनकुँडारी–१ का ४० बर्षीय छविलाल चौलागाँई,  मेच्छेपौवा–१ की ४६ बर्षीया इन्द्रकुमारी लाम, मादनकुँडारी–५ का ५६ बर्षीय निलकण्ठ गौतम, मादनकुँडारी–३ बस्ने ७० वर्षका औलकसिं वाइवा, मादनकुँडारी– ३ की ७० बर्षीया माइली तामाङको मृत्यु भएको छ ।

सँगै, गोठपानी–२ की २१ बर्षीया रेशम विक, कार्तिकेदेउराली –७ का ४७ बर्षीय परशुराम गौतम, कार्तिकेदेउराली –७ का ७३ बर्षीय गोविन्दप्रसाद गौतम,  कार्तिकेदेउराली –२ की ४५ बर्षीया सीता गिरी, गोठपानी–१ की ७५ बर्षीया ठुलीकान्छी सुनुवारको मृत्यु भएको छ ।

त्यसैगरी, मादनकुँडारी–५ का ३६ बर्षीय विनोद गौतम, मादनकुँडारी–६ का ५४ बर्षीय जय भन्ने केशव पाण्डे, कार्तिकेदेउराली –७ का ३६ बर्षीय कृष्णहरि बर्देवा, रामेछाप गुन्सी भदौरे–१ का ५४ बर्षीय लिलानाथ गौतम, मादनकुँडारी–४ की ३० बर्षीया सुष्मा लामा मगर, रामेछाप लखनपुर–१ की ४५ बर्षीया जुनकिरी गौतम, बिर्तादेउराली–२ का ६५ बर्षीय कृष्णहरि पाण्डे, कार्तिकेदेउराली –८ की ५० बर्षीया सुशीला शिवभक्ती र  पोखरीचौरी–७ का रमेश गौतमको मृत्यु भएको हो ।

२६ जनाको घटनास्थल र रमेश गौतमको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.