असफल ‘कु’ मा संलग्नलाई मृत्युदण्ड हल्लामात्र

असफल ‘कु’ मा संलग्नलाई मृत्युदण्ड हल्लामात्र

टर्कीः टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कु मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएका छन् ।

उनले संचारमाध्यममा चर्चा गरिएअनुसार उनीहरुमाथि मृत्युदण्डको सजाय नहुने मङ्गलबार प्रधानमन्त्रीले प्रष्ट पारेका हुन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्युताउन सक्ने बताउनुभएको थियो । टर्कीमा सन् २००४ देखि मृत्युदण्डको प्रावधानलाई हटाइएको छ ।

राष्ट्रपतिको यो घोषणाले युरोपियन युनियन ९ईयू०लाई स्तब्ध पारेको ईयूले प्रतिक्रिया दिँदै आएको थियो । ईयूले टर्कीलाई यदि मृत्युदण्डको सजायलाई पुनः अभ्यासमा ल्याए ईयू सदस्यता प्रदान गर्न नसकिने चेतावनी दिएको थियो ।

ईयू सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि ईयूले टर्कीलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेका बताइँदै आएको छ ।

कुनै पनि घटनाको दोषीलाई एकैपटक मार्ने (मृत्युदण्ड) दिने कुराभन्दा नागरिकले गरेको कर्तुत हेरी अन्य कडा कानुनी कारबाही पनि गर्न सकिन्छ ।

मृत्युदण्डभन्दा कठोर तर हेर्दा सामान्य लाग्ने सजाय पनि विश्वमा अभ्यासमा रहेका छन् ।

कसैलाई आजीवन काराबासको सजाय तोक्नु मृत्युदण्डभन्दा कम कठोर हुँदैन, प्रधानमन्त्री इल्दिरिम सजायको स्वरुपबारे प्रतिक्रया दिए ।

राष्ट्रपति एर्डोगानले यदि नागरिकले मृत्युदण्डको प्रावधानलाई फिर्ता ल्याउने कुरालाई अनुमोदन गर्छन् भने सरकार यसका लागि तयार हुने भनी एक महिना पहिले प्रतिक्रिया दिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.