निधिले भारतीय राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

निधिले भारतीय राष्ट्रपति र प्रधानमन्त्री भेट्ने


बिहीबारदेखि भारत भ्रमणमा रहने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने तय भएको छ ।

कूटनीतिक स्रोतका अनुसार निधिले शुक्रबार भारतीय राष्ट्रपति मुखर्जीलाई भेटी नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । नेपालमा नयाँ संविधान जारी भएको वार्षिकी समारोह अर्थात् असोज ३ गतेको अवसर पारेर भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने पक्षमा सरकार छ ।

यद्यपि भारतीय पक्षले त्यसबारे सकारात्मक जबाफ दिइसकेको छैन । निधिले शनिबार भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजसँग अलगअलग भेट गर्नेछन् । निधिले प्रधानमन्त्री दाहालको भारत भ्रमणको सम्भावित मिति र एजेन्डाबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

मन्त्री निधि भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनेछन् । काठमाडौंस्थित भारतीय राजदूत रञ्जित रेले मन्त्री निधिलाई मंगलबार मन्त्रालयमा भेटी भ्रमणबारे छलफल गरेको गृह प्रवक्ता कोइरालाले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.