घरभित्रको प्रदुषणले बच्चामा असर

घरभित्रको प्रदुषणले बच्चामा असर

काठमाडौं: घरभित्र हुने वायु प्रदुषणका कारण धेरै नेपालीलाई क्यान्सरको खतरा रहेको नयां अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालय वीपी कोइराला क्यान्सर अस्पतालले गरेको अनुसन्धानअनुसार, अधिकांश महिला र वालवालिकामा यो खतरा सबैभन्दा उच्च देखिएको हो ।

खाना पकाउने तथा अन्य प्रयोजनका लागि घरभित्र आगो बाल्दा (जैविक उर्जा) पूर्ण रुपमा दाउरा तथा अन्य पदार्थ नजली निस्किएको धुंवा सबैभन्दा खतरा रहेको विज्ञहरुले बताएका छन् । दाउरा, गुइडा, मट्टीतेल आदी प्रयोग गरेपनि निस्किने धुवांले सिधै फोक्सोमा असर गर्ने विभिन्न अध्ययनहरुको निश्कर्ष छ ।

यस्तो धुवांका कारण सबैभन्दा धेरै फोक्सोको क्यान्सरको खतरा हुने अध्ययनमा संलग्न प्राध्यापक जर्ज रासपन्तीले बताए । अध्ययनका क्रममा यस्तो क्यान्सरको खतरा सबैभन्दा धेरै धुम्रपान नगर्ने व्यक्तिहरुमा धेरै देखिएको छ । 'घरभित्रको प्रदुषणले चुरोट नखानेहरुमा बढी फोक्सोको क्यान्सर हुने खतरा देखियो,' प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा मात्रै धुवांका कारण वर्षेनी छ हजार पांच सयजनाको मृत्यु हुन गरेको छ । संसारमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी ४० लाख व्यक्तिहरुको मृत्यु हुने गरेको तथ्यांक छ । अध्ययनमा संलग्न अर्का बैज्ञानिक अमिर सापकोटाले यसअघि भारत र पूर्वी युरोपमा गरिएको अध्ययनसंग मिल्दोजुल्दो रहेको स्पष्ट पारेका छन् ।

घरभित्रको धुँवाका कारण घांटी खसखसाउने, खोकी लाग्ने, कफ आउने, नाकबाट पानी बग्ने आंखा विझाउने, घांटी दुख्नेलगायतका समस्या देखिन्छन् । यसैगरी निमोनिया हुने, मानसिक तनाव हुने समस्या पनि लामो समय घरभित्रै बस्दा उत्पन्न हुने विज्ञहरुको भनाई छ ।

खाना पकाउन तथा अन्य दैनिक क्रियाकलापका लागि बालिने दाउरालगायतको प्रयोग घटाउनु नै क्यान्सरको खतराबाट बच्ने उत्तम उपाय भएको अध्ययनको सुझाव छ । त्यसका लागि एलपीजी ग्यांस तथा अन्य उपकरणको प्रयोगमा प्रोत्साहित गर्दै सहुलियतको व्यवस्था गर्न सुझाव दिइएको छ । नेपालमा वायु उर्जाको प्रचुर संभावना रहेकोले त्यसतर्फसमेत प्रकृया थाल्न अध्ययनकर्ताहरुको सुझाव छ ।

नेपालमा जैविक उर्जाको प्रयोग बढिरहेको छ ।त्यस्तै काठमाडौं उपत्यकामा बसोबास गर्ने करिव ३५ लाख बासिन्दासमेत वायु प्रदुषणका कारण उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । विश्वमा मानव मृत्युको चौथो कारणको रुपमा वायु प्रदुषण रहेको छ । पीएम १० र पीएम २.५ का कारण मानिसमा क्यान्सरको खतरा रहेके यसअघि नै विभिन्न प्रतिवेदनमा उल्लेख भइसकेको छ । काठमाडौं उपत्यकामा भने वायु प्रदुषणको मूख्य स्रोतका रुपमा सवारीसाधन, उद्योग कलकारखाना तथा इट्टाभट्टा लगायत हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.