बुढीगण्डकी गोरखाको सोती बजारमा पसेपछि...

बुढीगण्डकी गोरखाको सोती बजारमा पसेपछि...

गोरखाः अबिरल वर्षापछि बढेको बुढीगण्डकी नदी गोरखाको थुमी गाउँ पसेको छ । थुमी गाविसको वडा नम्बर सातमा रहेको सोती बजारमा नदी पसेपछि बजारका चार होटेलमा क्षति पुगेको छ ।

स्थानीय होटल सञ्चालक सपना गुरुङका अनुसार गुरुङले सञ्चालन गरिरहेको फूलबारी होटलमा रहेको कुखुरा तथा बंगुरको खोर नदीले बगाएको छ ।

त्यस्तै नेत्र भट्टको एबीसी होटेलको भान्सा र डाइनिङ बगाएको छ । बाढीले सोमबहादुर गुरुङको कपडा पसल बगाएको छ भने चित्रबहादुर गुरुङको ग्रीन भ्याली होटेलमा क्षति पुगेको छ । त्यस्तै चन्दना अधिकारी बस्ने घरमा पनि बाढीले क्षति पुर्‌याएको गुरुङले जानकारी दिइन् ।

नदी राति नौ बजेको समयदेखि गाउँ पसेपछि त्यहाँका स्थानीयबासी रातभर जाग्राम बसेका छन् । सोतीमा रहेका २५ घरका बासिन्दा सुरक्षित ठाउँको खोजीमा गाउँ माथिको भिरालो ठाउँमा बसेका छन् । केही स्थानीय भने नजिकै रहेको चर्चमा बसेको गुरुङले बताइन् । उनले भनिन्–'एकाएक सपनाजस्तै भयो गाउँमा बाढी पसेकाले क्षति धेरै भएको छ । यो सपना नै भइदिए हुन्थ्यो जस्तो लागेको थियो । अब कसरी बाँच्ने चिन्ता छ ।'

स्थानीय रातिदेखि सुरक्षित स्थानको खोजी गर्दै सामान ओसारप्रसारमा व्यस्त भएका थिए ।

घटनास्थलमा उद्धारका लागि आरुखेत प्रहरी चौकीबाट प्रहरी पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् । प्रहरीसँगै पहिरो पन्छाउन डोजर पनि पठाइएको भट्टले बताए ।

बाढीले ६ पुल बगायो

गएरातिदेखि परेको अविरल वर्षाका कारण नदीको बहाब बढेपछि लापु गाविसको वडा नम्बर एक र चारका ६ वटा पुल बगाएको छ । भीरकुना गाउँमा एक झोलुङगे र पाँच काठे पुल बगाएको स्थानीय इमानसिंह गुरुङले जानकारी दिए ।

बाढीले घट्टे खोलाको तीन काठे पुल, तातेखोलाको एउटा काठे र एउटा झोलुङे पुल तथा लङ्से खोलको एउटा काठे पुल बगाएको गुरुङले बताए ।

बाढीले पुल बगाएपछि त्यहाँका स्थानीयबासीलाई आवतजावतमा समस्या भएको छ भने गंगाजमुना प्राविमा पढ्ने विद्यार्थी पुल नभएपछि विद्यालय जान पाएका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.