विर्तामोडमा आगलागी, १० पसल जले

विर्तामोडमा आगलागी, १० पसल जले

विर्तामोडः झापा बिर्तामोडको कृषि थोक बजारमा गएराति आगलागी हुँदा १० वटा पसल जलेर नस्ट भएका छन् । आगलागीबाट तयारी कपडा पसल, जुत्ता चप्पलका पसल, कस्मेटिक लगायतका पसलमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।

राति करिब १२ बजेको सममा विद्युतसर्ट भई आगलागी भएको हुन सक्ने अनुमान स्थानीयबासीले गरेका छन् । विहान साढे चार बजे आगलागी भएको थाहा पाएपछि स्थानीयबासीले आगो निभाउन थालेका थिए ।

आगलागी हुँदा घनश्याम अधिकारी, मोहम्द अली हुसैन लगायतका १० वटा पसल जलेर नष्ट भएका छन् । आगलागीको खवर पाउने बितिक्कै बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक नगरपालिकाबाट आएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । क्षतिको यकिन बिवरण भने आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.