मेडिकल कलेजका लागि जग्गा खोजी

मेडिकल कलेजका लागि जग्गा खोजी

सुर्खेतः सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गाको खोजी सुरु भएको छ । आवश्यक पूर्वाधारको खोजी गरी सिफारिस गर्न शिक्षा मन्त्रालयले परिपत्र गरिसकेको छ । मन्त्रालयले यसका लागि चार सदस्यीय समितिसमेत तोकेर पठाएको छ ।

नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य जीतबहादुर रानाको संयोजकत्वमा समिति गठन गरिएको हो । यसको सदस्य सचिवमा जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई तोकिएको छ भने सदस्यमा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा र अधिवक्ता कृष्णबहादुर हमाल रहेका छन् । समितिलाई तीन महिनाको म्याद दिइएको छ ।

केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयअनुसार कलेजका लागि पूर्वाधार पहिचान गरी सिफारिस गर्न दिर्नेशनसहित शिक्षा मन्त्रालयले पत्र पठाएको हो । मन्त्रीपरिषद्ले गत असार २७ गते निर्णय गरे पनि एक महिनापछि मात्रै पत्र प्राप्त भएको जिल्ला शिक्षा अधिकारी एवं समितिका सदस्यसचिव हमालले जानकारी दिइन् ।

समितिले जिल्लास्थित सब सरोकारवालासँग सर्वपक्षीय छलफल गरी जग्गाको खोजी गर्ने तयारी गरेको छ । दुई महिनाभित्र जग्गाको पहिचान गरी सिफारिस गरिने समितिले जनाएको छ ।


पत्र एक महिना ढिला प्राप्त भएकाले काम पनि ढिला हुन पुगेको उनले बताइन् । पूर्वाधार तथा सम्भाव्यता अध्ययन गरी शिक्षा मन्त्रालयलमा बिस्तृत अध्ययन प्रतिवेदन पेस गर्न र स्थानीयस्तरमा समन्वय गरेर पूर्वाधार विकासका लागि आवश्यक पहल गर्न मन्त्रालयले चार सदस्यीय समिति बनाएको उनले जनाइन् । उक्त समितिलाई तीन महिनाको समयावधि निर्धारण गरिएको छ ।

उक्त समयभित्र प्रतिवेदन पेस गरिसक्नुपर्ने छ । पत्र नै एक महिना ढिला प्राप्त भएकाले समितिले अबको दुई महिनाभित्र उक्त काम गरिसक्नुपर्ने हमालले बताइन् । ‘हामीसँग अब दुई महिना मात्रै समय छ, त्यसैले प्रक्रिया अघि बढाइसकेका छौं’, हमालले भनिन् । समितिले जिल्लास्थित सबै सरोकारवालासँग सर्वपक्षीय छलफल गरी जग्गाको खोजी गर्ने तयारी गरिएको छ ।

समितिको बैठकले जिल्लास्थित सबै राजनीतिक दल र सरोकारवालासँग छलफल गरेर मात्र आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ‘मेडिकल कलेज निर्माणका लागि जग्गाको खोजी सबभन्दा पहिलो काम हो’, हमालले भनिन्, ‘सम्भावित स्थानका बारेमा छलफल गर्छा र सबैको सल्लाहअनुसार उपयुक्त स्थान सिफारिस गरी पठाउँछौं ।’ उनले कलेजका लागि कम्तिमा पनि १० बिघा जग्गा आवश्यक पर्ने बताइन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाको योजना सार्वजनिक गरेको थियो । सोही घोषणाअनुसार कलेज स्थापनाको प्रक्रिया सुरु भएको छ । मेडिकल कलेज स्थापनार्थ आवश्यक जग्गा र स्थान छनोट गर्ने अधिकार समितिलाई दिइएकाले त्यही अधिकारअनुसार काम अघि बढाइएको सदस्यसचिव हमालले बताइन् ।

अघिल्लो सरकारले सुर्खेतमा मेडिकल कलेज बनाउने योजना बजेटमा सार्वजनिक गरेपछि सुर्खेतवासीले त्यसको स्वागत गरेका थिए । यो योजना कार्यान्वयन भएमा सुर्खेत शैक्षिक केन्द्र बन्नेछ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयसमेत रहेको सुर्खेतमा इन्जिनियरिङ कलेजका साथै कृषि क्याम्पस स्थापनाका लागि पनि पहल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.