बडिमालिका मेलामा भीड लाग्दै

बडिमालिका मेलामा भीड लाग्दै

अछामः मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले देशका विभिन्न ठाउँहरूबाट बडिमालिका माताको दर्शन गर्न जानेहरू यतिबेला बाजुरा जिल्लाको सिमानाभित्र पुगिसकेका छन् ।

धार्मिक आस्थाको केन्द्र बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । यस दिन तिर्थालुहरू बडिमालिकाको टुप्पोमा पुगिसकेका हुन्छन् । बडिमालिका जानेहरूको लस्करले यतिखेर मालिका पुग्ने पहाडका बाटोहरू रंगीबिरंगी देखिएका छन् ।

समुद्री सतहबाट चार हजार दुई य १६ मिटर उचाइमा रहेका बडिमालिका पुग्न सात दिनको पैदलयात्रामा हजारौं भक्तालु यात्रामा निस्किएका छन् । झरी होस् कि जाडो तिर्थालुहरू मौसमको पर्वाह गर्दैनन् । १४ हजार फिट उचाइमा बडिमालिकाको यात्रालाई दुष्कर मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट बिर्सने त्यहाँ पुग्नेहरू बताउँछन् ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागिरि पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि त्यही बडिमालिकाका रूपमा स्थापित भएको मान्यता छ । बादलभन्दा माथि बडिमालिका मन्दिर चार हजार सात सय मिटरको उचाइमा रहेको बडिमालिका अरू समयमा प्रायः सुनसान हुन्छ । हेर्दै टोपी खस्ने ठाडो भीर छ । त्यही भीरमा उकालो लाग्दै गरेका मान्छेहरूको लस्कर रहरलाग्दो देखिन्छ ।

सिमसिमे झरी होस् या मुसलधारे पानी ! एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन ! बडिमालिका पुग्ने भीर यस्तो थियो कि, बाटोमा एउटा मात्र पाइला राम्ररी अटाउँथ्यो ।

अर्को खुट्टाको समन्वय नमिले चिप्लेर गुल्टिने डर । ओरालो झर्ने बेलामा पनि बाटो पत्ता लगाउनै मुस्किल । ‘सडक नभए पनि केबलकार बनाइदिए जोखिमपूर्ण उकालो र ओरालो हिँड्नुपर्दैनथियो’, दार्चुलाका ज्ञानेन्द्र सिंहले भने ।

स्थानीयवासी भने अभ्यस्त भएर होला यो बाटो सजिलै हिँडिरहेका हुन्छन् । पहिलोपटक पुग्नेलाई भने मुटुमा ढ्यांग्रो ठोक्छ । बडिमालिका दर्शन र पूजाका लागि पहिले राजा त्यसपछि प्रधानसेनापति जेठ महिनामै पुग्ने गर्थे । अहिले पृतनापति जेठमै पुग्छन्, तर हेलिकप्टरमा । ‘उनीहरू पनि पैदल पुग्ने भइदिएको भए सडक सुविधा सहज बन्थ्यो कि’, सिंहको भनाइ छ ।

बडिमालिका माईको दर्शनका लागि देशविदेशबाट तिर्थालु आउँछन् । विशेषगरी बाजुरा ,बझांग, अछाम, डोटी, डँडेलधुरा, बैतडी, हुम्लाबाट अत्यधिक तिर्थालु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाललगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ ।

कसरी पुगिन्छ बडिमालिका ?

बडिमालिकाको सौन्दर्य नियाल्न त्यति सजिलो छैन । धनगढीबाट बसको यात्रा गर्नुपर्छ । दोस्रो दिन सिलगढीदेखि बाजुराको तिपाडासम्म पाँच घन्टाको जिप यात्रापछि जरङमा बास बस्नु पर्दछ । तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडिमालिकाको त्रिवेणी पुगिन्छ । पाँचौं दिन बडिमालिका मन्दिर आरोहण गर्न सकिन्छ । बडिमालिका जान धेरै हिमालहरू ठूलाठूला पहाडमा चढ्नुपर्छ ।

उचाइमा भएका कारण तीर्थयात्रुलाई र पर्यटकको यात्रा कठिन हुने गर्छ । कठिन यात्रा भए पनि रोमाञ्चक बन्ने गर्छ । जनैपूर्णिमा मेलामा अस्थायी पसलहरू हुन्छ । त्रिवेणी मन्दिरमा रहेको गंगा-जमुना मन्दिरमा नुहाएर बडिमालिकाको दर्शन गर्ने परम्परा छ । मन्दिर दर्शन गरेर आठ घन्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहिआएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.