नेसनल बैंकिङ इन्स्टिच्युटको तालिम
काठमाडौंः नेसनल बैंकिङ इन्स्टिच्युटले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका सदस्यका लागि ‘डाइरेक्टर रिफ्रेसर कोर्ष’ विषयमा दुइै दिन तालिम प्रदान गरेको छ ।
साउन २८ र २९ गते आयोजना भएको तालिममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्य गरी २७ जनाको सहभागिता थियो ।
कार्यक्रमका सञ्चालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोमिखव्यवस्थापन र बलियो वित्तीय संस्थाका लागि बलियो सञ्चालक समिति विषयमा बैंक तथा वित्तीय संस्था नियमन विभाग नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले प्रस्तुति दिएका छन् ।
कार्यक्रमको समापनगर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले संस्थालाई सवल र दिगो बनाउन संस्थागत सुशासनको भूमिका अपरिहार्य रहने बताएका छन् ।
कम्पनीले आगामी दिनमा यस कार्यक्रमलाई बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यका लागि मासिक रूपमा आयोजना गर्ने तालिका बनाएको जनाएको छ ।