रोज राणामाथि आक्रमण गर्ने दुईजना पक्राउ
![रोज राणामाथि आक्रमण गर्ने दुईजना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/rose-rana-57b42c03431c90.68099134_ahUuHKMXvk.gif)
काठमाडौंः फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार गर्ने दुई जनालार्इ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको बानेश्वरमा रहेको सेन्ट्रल क्याफे अगाडि फिल्म निर्माता राणामाथि खुकुरी प्रहार गर्ने भक्तपुर सिद्धपोखरीका मोटे भनिने विवेचन प्रजापति र कटुन्जे भनिने सूर्य लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी सहकुल बहादुर थापाले जानकारी दिए।
राणा नेपाली कांग्रेसका प्युठान क्षेत्र नम्बर २ का सभापतिसमेत हुन्। काठमाडौंको बानेश्वरमा रहेको सेन्ट्रल क्याफे अगाडि मोटरसाइकलमा आएका दुईजनाको समूहले राणामाथि सोमबार खुकरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट घाइते भएका राणाको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। राणामाथि आक्रमणको मूख्य योजनाकार रत्नबहादुर लामा भने अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ।
मूख्य योजनाकार लामाले फिल्म निर्माता राणामाथि आक्रमण गर्न विवेचन प्रजापतिलाई लामाले तीन महिना अघि भारतको सिलगुडीमा पेश्की स्वरुप ८० हजार रुपैयाँ दिएका थिए।
आक्रमण गर्ने दुईजनालाई काम सफल भएपछि ३० लाख रुपैयाँ दिने प्रलोभन लामाले देखाएको पनि खुलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)