सोह्र सहकारीको दर्ता खारेज

सोह्र सहकारीको दर्ता खारेज

राजविराजः आर्थिक वर्ष २०७२-७३ मा सप्तरीका १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

लामो समयदेखि लेखा परीक्षण नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने सहकारीको दर्ता खारेज गरेको सहकारी डिभिजन कार्यालयका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

सगरमाथा पोल्ट्री बहुमुखी सहकारी, जय श्री पशुपतिनाथ उपभोक्ता सहकारी, अर्नाहाको औषधि र सहकारी संस्था लिमिटेड, कल्याणपुरको जानकी दुग्ध उत्पादन सहकारी तथा मधुपटीको कदमाहा दुग्ध उत्पादक सहकारी संस्था खारेज गरिएको हो ।

यस्तै, छिन्नमस्ताको कालिका उपभोक्त सहकारी, लालापटीको गणेश बहुमुखी सहकारी, बोरियाको बोरिया कृषि संस्था, जय हनुमान उपभोक्ता सहकारी, सीताराम उपभोक्ता सहकारी, इटहरी विष्णुपुरको कृषक उपभोक्ता सहकारी, शिव उपभोक्ता सहकारी र सन्तोष उपभोक्ता सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरिएको सुवेदीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.