हावादारी उखान टुक्काले राष्ट्रियता कमजोर बनायाे: न्यौपाने

हावादारी उखान टुक्काले राष्ट्रियता कमजोर बनायाे: न्यौपाने

काठमाडौँः नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता जस्तो संवेदनशील विषयलाई हावादारी उखान टुक्का मार्फत् कमजोर बनाएको आरोप लगाएका छन् ।

बुधबार अखिल (क्रान्तिकारी)को मध्यपश्चिम विश्वविद्यालयको स्ववीयु निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले रााष्ट्रियता कमजोर पारेको आरोप लगाएका हुन् । ‘संवेदनशील विषयलार्य हावादारी उखान टुक्कासँग जोडेर राष्ट्रियता कमजोर बनाउँनु हुँदैन, ’न्यौपानेले भने, ‘हिमाल, पहाड, तराई जोड्ने प्रगतिशील राष्ट्रवाद आजको आवश्यकता हो। पहाडीया राष्ट्रवादको एकहोरो रटानले मुलुकलाई कहिल्यै बलियो बनाउँदैन ।’

न्यौपानेले ओलीले जिब्रोबाट मात्र बोलेर टाउको नचलाएको समेत आरोप लगाए । उनले भने, ‘मान्छेहरु टाउको, जिब्रो र हृदय गरी तीनवटा ठाउँबाट बोल्छन् । त्यसमध्ये ओली चाहिँ केवल जिब्रोबाट मात्र बोल्छन्, उनको टाउको र हृदय खास चल्दैन।’

चुनावी सभामा बोल्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले मध्यपश्चिमाञ्चल विश्वविद्यालय फलाउने, फुलाउने जिम्मेवारी क्रान्तिकारी विद्यार्थीको भएको बताए । न्यौपानेले भने, ‘अबको स्ववियु निर्वाचनमा हामीलाई पहिलो बन्नबट कसैले रोक्न सक्दैन।’

कार्यक्रममा अखिल(क्रान्तिकारी)का उपाध्यक्ष एवम् प्रवक्ता सुरेन्द्र बस्नेत, उपाध्यक्ष पञ्चा सिंह, सभापतिका उम्मेदवार राजेन्द्र बुढा लयायतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा गायक चेतन सापकोटा, गायिका भूमिका गिरी, गायक प्रदिप रोका लयायतले कला पस्किएका छन् । कार्यक्रममा दुई दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.