नौ लाख लिटर तेल बोकेको पानीजहाज अपहरणमा

नौ लाख लिटर तेल बोकेको पानीजहाज अपहरणमा

क्वालालम्पुर : भारी मात्रामा तेल भएको ट्याङ्कर बोकेको एक मलेसियाली पानीजहाज मङ्गलबार अपहरणमा परेको छ ।

करिब नौ लाख लिटर डिजेल भएको ट्याङ्कर बोकेको मलेसियाली सो पानीजहाज इन्डोनेसियाली जलक्षेत्रतर्फ लगिएको मलेसियाली सामुद्रिक अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिणी मलेसियाको तान्जुङ पल्पास बन्दरगाहबाट मङ्गलबार नौ लाख लिटर डिजेल भरेको तेल ट्याङ्कर लिएर आएको उक्त पानीजहाज बेपत्ता भएको सामुद्रिक निकायले जानकारी दिएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट सो पानीजहाज अपहरण भएको हुनुपर्ने मलेसियाली सामुद्रिक निकायका प्रमुख अहमतपुजी कहारले बुधबार बताएका छन्। कहारका अनुसार सो विमान इन्डोनेसियाको बटम द्वीपतर्फ लगेको हुनुपर्छ ।

अन्तर्राष्ट्रिय सामुद्रिक निकायको क्वालालम्पुरका प्रमुख नोएल चोओगले सो तेल ट्याङ्कर बेपत्ता भएको पुष्टि गरेका छन् ।

हाल सो ट्याङ्कर कहाँ छ भन्ने विषयमा सूचना प्राप्त भइनसकेको चोओगले एएफपी समाचार समितिलाई बताएका छन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.