बाटो खोलाले बगाएपछि चार गाविसको सम्पर्क विच्छेद

बाटो खोलाले बगाएपछि चार गाविसको सम्पर्क विच्छेद

जाजरकोटः जाजरकोटको पूर्वी बारेकोट क्षेत्र जोड्ने रामीडाँडाको दोमिल्लाको बाटो नलगाड खोलाले बगाउँदा स्थानीयलाई समस्या भएको छ।

बारेकोटका रोकायगाउँ, नायकवाडा र रामीडाँडा जोड्ने मुलबाटो नलगाडले बगाउँदा सर्वसाधारणलाई आवतजावत गर्न र विद्यार्थीहरुलाई स्कुल जान आउन पनि कठिनाइ भएको छ।

खोलाले बाटो बगाएपछि सक्ला र नायकवाडावाट विरेन्द्र ऐश्वर्य उच्च माध्यामिक विद्यालय लिम्सामा पढ्न आउने विद्यार्थीहरु जोखिमको यात्रा गर्न बाध्य रहेको विद्यालयका प्रध्यानाध्यापक गोरखबहादुर सिंहले बताए। उक्त बाटो भएर हिड्ने बालबालिका भगवान भरोसामा हिड्ने गरेको सिंहले बताए।

एकातिर वर्षायामको उर्लदो नलगाड र अर्कोतर्फ अक्करे भीरको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय गणेशबहादुर सिंहको भनाइ छ।

प्रत्येक वर्ष वर्षायाममा आवतजावत गर्न निकै जोखिम मोल्नुपर्ने बाध्यता रहेपनि सरोकारवाला निकायले बाटो निर्माणका लागि चासो नदेखाएको नायकवाडा–७ का नवराज शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.