चरेश उद्योगमा प्रहरीको छापा, मेसिनसहित एकजना पक्राउ

चरेश उद्योगमा प्रहरीको छापा,  मेसिनसहित एकजना पक्राउ

वीरगन्जः प्रहरीले ठूलो परिमाणमा चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले चरेश बनाउँदै गरेको अवस्थामा पटेर्वा सुगौली–१ का ५० वर्षीय रामचन्द्र पासवानलाई पक्राउ गरेको हो। पर्साको पटेर्वासुगौली गाविस–१, मा अवस्थित घाघी खोलाको छेउमा सञ्चालित चरेश उद्योगमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो।

छापा मार्ने क्रममा प्रहरीले चरेश बनाउने उद्योगबाट दुईवटा बोरामा रहेको ४५ केजी तयारी चरेश, चरेश बनाउने मेशीन पाँच थान, ना ३७ प ६७०५ नम्बरको मोटरसाइकल एक थान लगायतका उपकरण पनि बरामद गरेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पोखरीया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले चरेश बनाउने उद्योगमा छापा मारेको हो।

घाघी खोलाको नजिक फुसको छाप्रोमा चरेश उत्पादन गर्ने धन्दा भइरहेको सूचना पाएपछि प्रहरीले मङगलवार साँझ छापा मारेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए। प्रहरीले छापा मार्ने क्रममा अरु पनि केही व्यक्ति छाप्रोमा भएपनि उनीहरु भाग्न सफल भएको र पासवानमात्रै पक्राउ परेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

मकवानपुर र धादिङ जिल्लामा उत्पादित चरेशको कच्चा पदार्थ पटेर्वासुगौलीमा ल्याएर कारोबारीहरुले प्रशोधन गरी तयारी चरेश भारतका विभिन्न स्थानमा पुर्याउने गरेका थिए। पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.