तामाङ मिडिया अवार्ड अन्नपूर्णकर्मीलाई

तामाङ मिडिया अवार्ड अन्नपूर्णकर्मीलाई

काठमाडौ: ‘तामाङ मिडिया अवार्ड २०७३’ अन्नपुर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार अर्जुन पाख्रिन तामाङ र शक्ति एफएम मकवानपुरमा कार्यरत दुदुमाया सिङ्तानलाई प्रदान गरिएको छ ।
 
२२ औं तामाङ प्रशारण दिवसको अवसरमा आयोजित कार्यक्रममा पाख्रिन र सिङ्तानलाई अवार्ड प्रदान गरिएको हो । तामाङ पत्रकारको साझा संगठन तामाङ सञ्चार समूहले प्रत्येक वर्ष १ भदौमा तामाङ प्रशारण दिवस मनाउँदै आएको छ।

२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशारण भएको दिनलाई तामाङ प्रशारण दिवसका रुपमा मनाउदै आएको संञ्चार समूहका केन्द्रीय अध्यक्ष जगत दोङले बताए ।
 
अवार्ड छनोट समितिका संयोजक दुपवाङगेल मोक्तानले भने ‘सञ्चार (छापा र विद्युतीय) क्षेत्रमा क्रियाशील रही तामाङ भाषा, संस्कृति, धर्म लगायतको संरक्षण, प्रवद्र्धन तथा तामाङ समुदायको विकासमा निरन्तर योगदान पुर्याउँदै आएका तामाङ सञ्चारकर्मीलाई प्रत्येक वर्ष तामाङ मिडिया अवार्डबाट सम्मानित गर्दै आएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरुङले तामाङ समुदाय र तामाङ सञ्चारकर्मीले मुलुकको विकास र उन्नतीका लागि महत्वपूर्ण भूमिका निभाएको बताए ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङले पत्रकारिता क्षेत्रले सबै वर्ग समुदायको समाचारलाई उत्तिकै प्राथमिता दिनु पर्ने बताए । अध्यक्ष गुरुङले समाज परिवर्तनका लागि पत्रकारिता नै शसक्तमाध्यम भएको बताउँदै राज्य मातहतका संञ्चारगृहले पनि विभिन्न जाति धर्म सम्प्रदायको विषयलाई प्राथमिकता दिनुपर्ने बताए  ।

नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङले तामाङ मिडियालाई फराकिलो बनाउनका लागि र रेडियो नेपालबाट प्रशारित तामाङ भाषाको समाचारलाई समय बढाउनका लागि माग समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.