सम्बन्धको दायरा थप्न चीन इच्छुक

सम्बन्धको दायरा थप्न चीन इच्छुक

काठमाडौंः नेपालमा विपत्तिमा उद्धार, पूर्वाधार निर्माणलगायत पाँच महŒवपूर्ण क्षेत्रमा चीनले सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्रीका विशेष दूतका रूपमा बेइजिङमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बुधबार उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपालसँग व्यापार, कनेक्टिभिटी र राहत पुनर्निर्माणमा सघाउने योजनासमेत चिनियाँ प्रधानमन्त्रीले उपप्रधानमन्त्री महरासँग बताएका छन् ।
चीनले यी महत्वपूर्ण विषयमा सहयोग विस्तारको आश्वासनसँगै नेपालसँग भएका सहमति कार्यान्वयन र उसको महŒवाकांक्षी ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको प्रतिबद्धतासमेत खोजेको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार उपप्रधानमन्त्री महरासँगको भेटमा प्रधानमन्त्री लीले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ रणनीतिमा नेपालको प्रतिबद्धता खोजेका थिए । नेपालले सन् २०१४ मा ‘वान बेल्ट वान रोड’ रणनीतिमा सहभागी हुने समझदारीपत्रमा हस्ताक्षर गरे पनि सहभागी हुने विषयमा ठोस निर्णय लिनसकेको छैन ।

उपप्रधान तथा अर्थमन्त्री महराले चीनसँगको सम्बन्धलाई नेपालले प्राथमिकतामा राखेको बताउँदै एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएका छन् ।
सिन्ह्वाका अनुसार महराले चीनसँगको सम्बन्धलाई सहकार्य र समन्वयबाट अझै सुदृढ गर्दै लगिने बताउँदै नेपाल र चीनबीच विगतमा भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने स्पष्ट पारेका थिए ।

महराले नेपाल संविधान कार्यान्वयनको चरणमा रहेकाले चीनबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताए । चिनियाँ प्रधानमन्त्री लीले विकास र स्थिरताको मार्गमा नेपाल अघि बढोस् भन्ने सदिच्छा व्यक्त गरे । ‘संविधान कार्यान्वयनमा सबै दलहरूबीच सहमति हुनेछ भन्ने हाम्रो विश्वास छ’, उनले भनेका थिए, ‘नेपालको स्थिरता र विकासमा चीन सधैं असल छिमेकीका रूपमा सहयोग गर्न तयार छ ।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पारवहन र यातायात सम्झौता इमानदारीका साथ कार्यान्वयन गर्न नेपाल तयार रहेको महराले बताएको जानकारी भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले अन्नपूर्णलाई दिए ।

अर्यालका अनुसार महराले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे । चिनियाँ प्रधानमन्त्रीले निमन्त्रणाका लागि धन्यवाद दिँदै उच्चस्तरीय भ्रमणका लागि दुवै देशका विदेश मन्त्रालयबीच आवश्यक समन्वय जारी रहने बताएको अर्यालले उल्लेख गरेका छन् ।

‘नेपालमा नयाँ सरकार बनेसँगै चीनले नेपालसँगको सम्बन्धलाई उच्च महŒव दिएको छ’, भेटमा चिनियाँ प्रधानमन्त्री लीले भने ।

चिनियाँ प्रधानमन्त्रीले नेपालसँग मित्रता, इमानदारी र पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्ध अघि बढाउने उल्लेख गर्दै एसिया क्षेत्रकै शान्ति, स्थिरता र समृद्धिका लागि काम गर्ने बताएको सिन्ह्वाले उल्लेख गरेको छ । उनले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने विश्वास राखेका थिए । ‘नेपाललाई सकेको सहयोग गर्न चीन तयार छ’, लीले भनेका थिए ।

मन्त्री महराले नेपालको सामाजिक र आर्थिक विकासमा चीनको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गरे । उनले चिनियाँ उच्च नेतृत्वको नेपाल भ्रमण चाँडै हुने अपेक्षा राखेको अर्यालले बताए ।

मन्त्री महराले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग बुधबारै भेटेका छन् । उनले मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.