मन्त्री निधि आज भारत जाँदै

मन्त्री निधि आज भारत जाँदै

काठमाडौंःउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चारदिने भारत भ्रमणमा बिहीबार भारत जाँदैछन् । निधिले भारतमा रहँदा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

निधिको भारत भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तय हुने भारतीय राजदूत रेले बताए । ‘नेपालका राष्ट्रपति भारत जाने र हाम्रा राष्ट्रपति नेपाल आउने विषयमा समेत भ्रमणमा कुराकानी हुनेछ’, उनले भने । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नयाँ संविधान जारी भएको वार्षिकोत्सव अर्थात् असोज ३ का अवसरमा नेपाल भ्रमण गराउने पक्षमा नेपाल सरकार देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.