रक्सी खाएर १३ को मृत्यु

रक्सी खाएर १३ को मृत्यु

नयाँ दिल्लीः गैरकानुनी रूपमा उत्पादित मदिरा सेवन गरी मंगलबार राति भारतीय पूर्वी राज्य बिहारमा१३ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन् ।

मदिरा सेवन गरी बिरामी परेका पाँचजनाको अस्पतालमा गम्भीर अवस्थामा उपचार सेवा दिइरहेको छ । उपचाररत व्यक्तिको पनि शारीरिक अवस्था अत्यन्त कमजोर रहेकाले मदिरा सेवनबाट मृत्यु हुनेको संख्या वृद्धि हुनसक्ने उनले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बताए ।

बिहारको गोपालगन्ज जिल्लामा मंगलबार साँझ विषाक्त मदिरा पिएका स्थानीयले श्वासप्रश्वासमा समस्या हुने, पेट दुख्ने अनि बान्ता हुने समस्या देखिएपछि करिब एक घण्टाभित्रै उनीहरुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले जानकारी प्राप्त गरेको उनको भनाइ थियो ।

उपचाररत पाँचजना पनि गम्भीर अवस्थामा अस्पतालमा रहेको बताइएको छ । घटनापछि राज्य सरकारद्वारा मदिरा सेवनबाट मृत्यु भएको सम्बन्धमा वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार मदिरा उत्पादनमा गत मार्चदेखि रोक लगाएपछि पनि भएको घटनाले स्थानीय प्रशासनको कामकारबाहीमाथि प्रश्न चिन्ह लागेको भनी स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

राज्य सरकारले मदिरा उत्पादनमा लगाएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा राज्यभर करिब चार हजार मानिसलाई पक्राउ गरेको छ । मंगलबारको शंकास्पद अवैध मदिरा उत्पादन गर्ने कसैलाई पनि बुधबारसम्म नियन्त्रणमा लिइएको छैन । भारतीय प्रहरीले छानबिनले दोषी ठहर्‍याउने जो कोहीलाई पक्राउ गरी कडा कानुनी सजाय हुने बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.