सिरहामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सिरहामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सिरहाः सिरहाको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा विहिवार विहान दुई जनाको ज्यान गएको छ । दुर्घटनामा गोलबजार नगरपालिका सातका ७० वर्षका चौधरी महतो र लहानका २२ वर्षका संजिव कुमार महतो रहेका छन् । दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनीहरु सवैको स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको छ ।


पूर्वपश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका सातमा पूर्वबाट पश्चिमतर्फ गईरहेको नम्वर नखुलेको सेतो बोलेरोले सोही तर्फ गईरहेको स ६ प ५२७ नम्वरको मोटरसाईकललाई ठक्करदिंदा मोटरसाकलमा सवार ७० वर्षका चौधरी महतोको ज्यान गएको हो ।

त्यसैगरी धनगढीमाई नपा–७ गागन खोला नजिक पश्चिमबाट पूर्वतर्फ गईरहेको स. २ प ५१२४ नम्वरको मोटरसाइलले सोही दिशातर्फ गईरहेको पैदल यात्रीलाई ठक्कर दिंदा लहानका संजिवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्करदिने भारतीय बोलेरो फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुवै शव पोष्टमार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.