नेइमारले १५ सेकेन्डमै गरे गोल, ओलम्पिकमा नयाँ किर्तिमानी

नेइमारले १५ सेकेन्डमै गरे गोल, ओलम्पिकमा नयाँ किर्तिमानी

रियो दी जेनेरियोः ब्राजिलियन फुटबल टिमका कप्तान स्टार खेलाडी नेइमारले ओलम्पिकमा नयाँ रेकर्ड बनाएका छन्।

नेइमारले घरेलु मैदानमा भइरहेको रियो ओलम्पिकमा सवैभन्दा छिटो गोल गर्ने खेलाडीको किर्तिमानी आफ्नो नाममा दर्ता गराए।

किर्तिमानी आफ्नो नाममा राख्ने क्रममा नेइमारले १३ दिनअघि ओलम्पिकमा सबैभन्दा छिटो गोल गरेर इतिहास बनाएकी क्यानडाकी जेनी बेकरको रेकर्ड तोडे।

नेइमारले गएराति भएको होन्डुरसविरुद्धको खेलमा १५ सेकेन्डमै गोल गर्न सफल भए। यसअघि ओलम्पिकमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेकी क्यानडाकी जेनीले अष्ट्रेलियाविरुद्ध १९ सेकन्डमा गोल गरेकी थिइन्।

नेइमारले किर्तिमानी बनाएको खेलमा ब्राजिलले होन्डुरसलाई ६–० गोल अन्तरले पराजित गर्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.