सैनिकले एसएलआरले आफैँलाई सुट गरे

सैनिकले एसएलआरले आफैँलाई सुट गरे

धनगढीः एसएमजी र त्यसको धेरै थान गोली हराएको घटना अनुसन्धानमै रहेका बेला सुदूरपश्चिम पृतनामा सैनिकले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।  नेपाली सेनाको सुदूरपश्चिम पृतनामा बिहीबार एक सैनिक हवल्दारले आफैलाई गोली हानी आत्महत्या गरेका हुन् ।

नेपाली सेनाको दिपायलमा रहेको सुदूरपश्चिम पृतनामा कार्यरत सैनिक हवल्दार दीपक खड्काले आफैले आफैँलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बिहीबार बिहान ड्युटीमा रहेका खड्काल  आफस्सँगै रहेको एसएलआरले आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्ली विष्टको नेतृत्वमा प्रहरीको टोली पृतना पुगी अनुसन्धान सुरु गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

आत्महत्याको विषयमा सुदूरपश्चिम पृतनाले केही बताएको छैन । नेपाली सेनाका प्रवक्ता तारबहादुर कार्कीले भने सैनिकले गोली हानी आत्महत्या गरेका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिन अघि सुदूरपश्चिम पृतनामा एकाएक एसएमजी र त्यसको दुई हजार राउण्ड गोली हराएको खबरले चर्चा पाएको थियो । नेपाली सेनाले हराएको हतियारबारे पनि अझै अनुसन्धान जारी रहेको बताएको छ ।

कोतमा रहेको हतियार गणना गर्दा एसएमजी र ठूलो संख्यामा त्यसको राउण्ड हराएपछि नेपाली सेनाभित्र हल्लिखल्ली मच्चिएको छ । सैनिक हवल्दार खड्काको आत्महत्याको कारण बारे पनि नेपाली सेनाले केही खुलाउन चाहेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.