चट्याङ लागेर म्याग्दीमा ७८ भेडाबाख्रा मरे

चट्याङ लागेर म्याग्दीमा ७८ भेडाबाख्रा मरे

म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ७८ वटा भेडाबाख्रा मरेका छन्। चट्याङ लागेर दुईजना गोठाला सामान्य घाइते भएका छन्। मंगलाबार राति करिब एक घण्टासम्म मुसलधारे वर्षासँगै परेको चट्याङले ६ जना किसानले पालेका भेडाबाख्रा मरेका हुन्।

बेनी: म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ७८ वटा भेडाबाख्रा मरेका छन्। चट्याङ लागेर दुईजना गोठाला सामान्य घाइते भएका छन्।

मंगलाबार राति करिब एक घण्टासम्म मुसलधारे वर्षासँगै परेको चट्याङले ६ जना किसानले पालेका भेडाबाख्रा मरेका हुन्। जनकल्याण मावि गुर्जाका शिक्षक केआईसिँ छन्त्यालले गोठ सुतेका दुईजना गोठाला अमृत छन्त्याल र नरे विक सामान्य घाइते भएको बताए। उनीहरुलाई गाउँबाट गएको स्थानीयबासीको टोलीले उद्दार गरेका थिए।

शिक्षक छन्त्यालले दिएको जानकारी अनुसार, सबैभन्दा बढी स्थानीय छोवे विकको २० वटा भेडा मरेका छन्। त्यस्तै, नरे विकको १७, अमृत छन्त्यालको १५, खिमेश्वर विकको ९, दिलीप विकको ८, येमे छन्त्यालको ५ र प्रेम छन्त्यालको ४ वटा भेडाबाख्रा मरेका छन्।

जिल्ला सदरमुकाम बेनीदेखि तीनदिनको पैदलयात्रा पछि पुगिने गुर्जा गाउँबाट घटनास्थल पुग्न ३ घण्टा हिड्नुपर्छ। आरोहणका लागि प्रसिद्ध मानिने गुर्जा हिमालको नजिक पर्ने पुरोना बुकीमा गुर्जा किसानले यसरी सामूहिक रुपमा भेडाबाख्रा पालन गर्दै आएका छन्। गुर्जामा घर–घरमा पालिने भेडालाई बर्खा सिजनमा सामुहिक हिसाबले हिमालमा लगेर पालनपोषण गर्ने परम्परा छ। उक्त सँख्यामा भेडाबाख्रा मरेपछि किसानलाई ७ लाख रुपैयाँ भन्दा बढी क्षति भएको शिक्षक छन्त्यालले जानकारी दिए।

पीडित किसानहरुले बिक्री गर्न तयारी भएको भेडा र बोकाहरु मरेपछि चिन्तामा परेका छन्। प्रहरी नायक उपरिक्षक विश्वराज खड्काले ताकम प्रहरी चौकीबाट ४ जना प्रहरीको टोली घटनास्थल हिडेको जानकारी दिए। प्रहरी टोली पुगेपछि क्षतिको विस्तृत प्राप्त हुने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.